logo

निर्वाचित वडाअध्यक्ष सहित दर्जनौ ब्यक्ति नेकपमा प्रवेश, प्रदेश सरकार भ्रष्टचारमा डुबेको संघीय मंत्रीको आरोप

      2/26/2021 गते 00 00 मा प्रकाशित     1107   पटक पढिएको

पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी, सेढामा नेकपाले आयोजना गरेको सभामा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु नेकपामा प्रवेश गरेका छन ।

 

पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपाका प्रदेश २ का अध्यक्ष एवंक संघीय सरकारका शहरी बिकास मंत्री प्रभू साहले अविल टिका लगाई गम्छा ओडाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।  पर्सा क्षेत्र नं ४ का जसपाका जिल्ला सदस्य एवं नेता नाजिर मिया ,वार्ड अध्यक्ष महेन्द्र साह कलवार,वार्ड सदस्य पहाडी गिरी तत्कालिन संघिय समाजवादी फोरमबाट छिपहरमाई गाउँपालिकाको वडा नं. ३ मा वडाध्यक्षमा चुनाव लडेका अनिल साह, पूर्व अध्यक्ष बिहारी साह कानु , वार्ड सदस्य भागरिथ साह ,वमालुदिन मिया, प्रभू पटेल,बिनोद यादव,काशी साह,खेदा साह,नागेन्द्र साह,सुभाष साह,बिजय साह,लालन साह, अशोक साह, मोतीलाल साह,चन्दन साह, शुक्र साह, ज्योती साह, रमेश साह तुराह,माधव राउत, द्रिजेश यादव, हिरामन बैठा, जगदीश हजरा, पन्चन हजरा,कन्हैया साह, जोगी चौरसिया, रामदेव चौरसिया  मनोज महतो, इसलाम मिया, अनवर मिया , मिथुन मिश्र, हरिन्द्र तात्वा  शरीफ यादव र  मोहन चौरसिया लगायत दर्जनौ ब्यक्तिहरु जसपा र नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका थिए । 


बृहत पार्टी प्रवेश कार्यक्रमलाई समबोधन गर्दै मंत्री साहले   स्थिरता, सुशासन, समृद्धि र विकासको अभियान सफल पार्न प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा गोलबन्द हुन पनि आज जनसमुदायलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा मंत्री साहले प्रदेश सरकारले मधेशका जनताको भावनासंग खेलवाड गरेको दावी गर्नु भयो । उहाँले प्रदेश २ का अग्रजहरुले स्थापित गरेको प्रतिष्ठा अहिलेको प्रदेश सरकारले कायम राख्न नसकेको बताउनु भयो ।

 

उहाँले प्रदेश सरकारले मधेशका नागरिकको कुनै समस्या हल गर्नुको साटो चरम भ्रष्टाचारमा चुर्लुम्म डुवेको बताउनु भयो । मंत्री साहले जनताका आवासकालागि बिनियोजीत रकम काहा गयो आम नागरिकले सवाल गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले पदेश सरकारलाई केन्द्र सररकारले उपलब्ध गराएको रकम मधेशका नागरिकको पक्षमा सदुपयोग नभएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।
 
नेकपा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हाजरा, संविधान सभा सदस्य राजकुमार गुप्ता, जयपक्राश थारु, प्रदुम्न चौहान, जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद न्यौपाने, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, नेता जोगिन्द्र साह, बिश्वम्भर शर्मा, बलिराम साह, फुलझरी देवी, अमिताब बचन दास, यसवन्त यादव लगायतको सहभागिता रहेको थियो ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.