logo

प्रचण्ड र माधवको पदप्रतिको लालसाले पार्टीमा समस्या आयोः अध्यक्ष हजरा

      1/23/2021 गते 00 00 मा प्रकाशित     646   पटक पढिएको

ठोरी गाउँपालिकामा नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिका कमिटीका सचिव गोविन्द प्रताप श्रेष्ठको अध्यक्षतमा भएको भेलामा नेताहरुले बर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका थिए । 


कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं पर्साका अध्यक्ष प्रभू हजराले प्रचण्ड र माधव नेपालको पद र शक्ति प्रतिको लालशाका कारण पार्टी संकटमा परेको बताउनु भयो । 


उहाँले प्रधानमंत्रीलाई आफनै पार्टीबाट हटाउने प्रतिगामी षडयन्त्रलाई निस्तेज पार्न संसद बिघठन गर्नु परेको बताउनु भयो । तत्कालीन कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक बिधानको प्रवन्धको बर्खिलाप हुने गरि पार्टीमा १८ पेजको आरोप पत्र दर्ज गरेर पार्टी एकतालाई बिराम लगाएको आरोप समेत लगाउनु भयो । 


कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गरेर देश बर्बाद पार्ने षडयन्त्र बिफल बनाई दिएको बताउनु भयो ।

 

उहाँले प्रधानमंत्री ओलीको नेतृत्वमा नै मजवुत राष्ट्रीयताको जग बस्ने र नेपाली जनताले शान्ति र समृद्धि हासील गर्ने बताउनु भयो । 

वक्ताहरुले ठोरी गाउँपालिकाले नागरिकलाई दिने सेवा प्रभावकारी पारदर्शी नभएको बताउनु भयो । उहाँहरुले गाउँपालिका नेतृत्वले  अनुत्पादक क्षेत्रमा राज्यको श्रोत लगाएको आरोप लगाए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु डा. बिश्वम्भर शर्मा ,जयप्रकाश थारु ,पर्सा जिल्ला समन्वय समितिका उपाध्यक्ष ठाकुर नेउपाने,साबिक निर्मलबस्ती गाबिस अध्यक्ष लाल बहादुर श्रेष्ठ, साबिक ठोरी गाबिस अध्यक्ष उद्धव सापकोटा,  अनेरास्ववियु ठोरी अध्यक्ष मोनिका घतानी जिल्ला सदस्य अप्सरा तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गोकुली रेग्मीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.