logo

पोखरियामा नेकपाको नगरस्तरीय भेला सम्पन्न, हरिनारायण रौनीयारका भाई राजेश रौनीयार नेकपामा प्रवेश

      1/10/2021 गते 00 00 मा प्रकाशित     696   पटक पढिएको

नेकपा पर्साका अध्यक्ष प्रभू हजराले नेकपाका अध्यक्ष एवं प्रधानमंत्री के.पी.ओलीको लोप्रियताबाट तर्सिएकाहरुले पार्टी भित्रैबाट षडयन्त्र गर्दा संसद बिघठनको निर्णय भएको बताउनु भएको छ । पार्टीको पोखरियामा सम्पन्न नगरस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष हजराले प्रचण्ड र माधव समुहका कारण मुलुक अस्थिरता तर्फ गएको दावी गर्नु भयो । 


पार्टीको केन्द्रीय सदस्य समेत रहनु भएका हजराले उहाँले देशलाई जोगाउन प्रधानन्त्री ओलीले सदन बिघटन गरेको दावी समेत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभाका सदस्य राजकुमार गुप्ताले प्रचण्ड माधव समुहले पद ,पावर र पैसाको  लागि नेकपालाई बिभाजन गरेको दावी  गर्नुभयो ।

 

पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका गुप्ताले लोकतन्त्रको रक्षाको लागि निर्वाचन आवश्यक रहेको बताउदै गुप्ताले अगामी बैशाखमा हुने निर्वाचनमा भाग लिन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

नेता गुप्ताले ओली सरकारका कारण देशमा बिकाशको लहर आएको बताउनुभयो । गुप्ताले तराई ,पहाड र हिमाल चारै तिर अहिले बिकाश निर्माणको कार्यले गति लिएको बताउदै नेपालको ईतिहासमा प्रधानमन्त्री ओलीजति अरु कोई प्रधानमन्त्री सफल नभएको दावी समेत गर्नुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डको निजी स्वार्थका कारण पार्टी बिभाजन भएको आरोप लगाउनुभयो । उहाँले महान जनयुद्ध बाट प्राप्त उपलब्धीलाई पनि प्रचण्डले स्वार्थका कारण बचाउन नसकेको दावी गर्नुभयो ।

 

उहाँले देशमा प्रधानमन्त्री ओलीको बिकल्प नरहेको समते ठोकुवा गर्नुभयो । काँग्रेस र मधेशवादीहरु अवसरवादी भएको बताउदै अगामी चुनावमा त्यस्ता पार्टीलाई तह लगाउनु पर्ने कुरामा नेता गुप्ताले जोड दिनुभयो ।  

कार्यक्रममा नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि राजेश रौनियार,राजकिसोर कुर्मी,मनिर आलम लगायत ३०जना नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन । 

कार्यक्रमा संबिधान सभा सदस्य एवं केन्द्रीय सदस्य जयप्रकाश थारु, निर्मला  देवकोटा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, नेकपा नेता राजदेव दास, बिन्ध्याँचल ठाकुर, जोगिन्द्र साह, शम्भु पाल,हनिफ अंसारी,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं जिल्ला कमिटी सदस्य श्याम बन्जारा लगायतले धारणा राख्नुभएको थियो ।

 

कार्यक्रममा  केन्द्रीय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य अनुप तिवारी, श्याम गुप्ता,युवा नेता यशवन्त यादव,अकलेश साह संतोष पासवान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रमोद गिरीले गरेका थिए भने सहजीकरण नगर कमिटी सदस्य दिनेश  चौहानले गरेका थिए । असअघि कार्यक्रम शुरु हुनु अघि नेकपाका नेता कार्यकर्ताहरुले पोखरीया बजार समेत परिक्रमा गरेक  थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.