logo

प्रदेश सरकारसँग दृढ दृष्टिकोण र इच्छाशक्ति नदेखिएको प्रदेश सभा सदस्यको आरोप

      12/30/2020 गते 00 00 मा प्रकाशित     745   पटक पढिएको

प्रदेश २ सरकारसँग दृढ दृष्टिकोण र इच्छाशक्ति नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा पछौटेपन हटाउँदै जन चाहना अनुसार विकासका काम हुन नसकेको उनीहरुको ठहर  छ । 

 


वीरगञ्जमा आयोजित तन्नेरीसँग प्रदेश सभा सदस्य कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रल्हाद गिरी र भिमा यादवले २० वर्षदेखि थाति रहेको जनताको चाहना केही दिनमा पुरा नहुने बताउनु भयो । 


‘प्रदेश २ मा धेरै समस्या छ, तर जल, जंगल जमिन जस्ता प्राकृतिक स्रोत साधन र जनशक्ति छ । तैपनि शिक्षा, स्वास्थ्य, रोजगारी सृजना गर्न सकेन । सरकार सञ्चालन गर्ने अनुभवको कमी देखियो ।’ प्रदेश सभा सदस्य गिरीले भन्नु भयो “ ‘भाषणबाजीको काम गर्ने, एकैछिन ताली बजाईदिएपछि रमाउने किसिमका काम गर्ने, आधारभूत समस्या समाधानमा गर्न नजान्ने, सोच र ईच्छाशक्तिको अभाव देखियो ।’

 


उहाँले कर्मचारीहरु र केन्द्र सरकारले असहयोग गरेको, स्थानीय सरकारमा गैरराजनीतिक अनुभव र उद्देश्य स्पष्ट नभएका मानिस हल्लै हल्लामा जितेर आएको, तीन सरकारबीच समन्वयको अभाव देखिएकोे बताउनु भयो । तीनै  सरकार छाडा देखिएपनि नियन्त्रण गर्ने संयन्त्र नभएको उहाँको कथन छ । 


प्रदेश सभा सदस्य भिमा यादवले लामो समय जनप्रतिनीधि नहुँदा मान्छे छाडातन्त्रमा गईसकेको अवस्थामा उनीहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न नसकिएको बताउनु भयो  । सामाजिक विचारधारा नै परिवर्तन हुन नसकेकोले सामाजिक विभेद कायम रहेको उहााको भनाई छ । 
‘अझैपनि महिलालाई पहिलेको जमानामा जस्तै प्रताडित गर्ने, स्वतन्त्र भएर हिँड्न दिईदैन, लैंगिक हिंसा उत्तिकै छ उहाँले भन्नु भयो , ‘झ्याल ढोका खुल्ला राख्नुहुन्छ भने चोर त घरमा पसेर चोरीहाल्छन् नी मैले यो कुरा भन्दा नराम्रो लाग्ला तर मोबाईल टिभी, फिल्म र ड्रेसअपले गर्दा नै विकृति फैलिएको हो । ’ 

 

प्रदेशको नाम नराख्दा दुई नम्बरी प्रदेश भनेर जिस्क्याउँन कहिले नाम र राजधानीको टुंगो लगाउनुहुन्छ त ? भन्ने तन्नेरीको जिज्ञासामा यादवले 
‘अरुले वागमति प्रदेश, कर्णाली प्रदेश राखेका छन्, त्यसैगरि हामीले नारायणी प्रदेश राखेर भएन ? सोचीराखेका छौं, पाँच वर्षमा त अवश्य नाम राखिसक्छौं ?’ 


प्रदेश सभा सदस्य गिरीले नाम र राजधानीका लागि प्रयास गरेको भएपनि टुंगो नलागको र अब बस्ने संसद बैठकहरुमा छलफल हुने बताउनु भयो । 


युवा लक्षित काम गर्ने सोच आफूहरुको भएपनि जनस्तरबाट सडक, नाला, मठ मन्दिर धर्मशाला लगायतका भौतिक पूर्वाधार बनाईदिन माग आउने गरेको उनीहरुको भनाई छ । 


कार्यक्रममा सहभागी तन्नेरीहरुले प्रदेश २ मा लैंगिक हिंसा नियन्त्रणका लागि के कस्ता काम भईरहेको छ ? युवालाई लक्षित गरेर किन नराखेको ? प्रदेश विकासमा किन पछाडि छ ? जनचाहना अनुसार काम गर्न किन नसकेको लगायतका प्रश्न गरेका थिए । 


तन्नेरीहरुलाई गुनासो होईन, प्रश्न गर्ने बानीको विकास गराउन यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादवले बताउनु भयो  । प्रश्नले जनप्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाउने उहाँको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.