logo

संसद बिघठन बिरुद्ध जसपा पर्साको प्रर्दशन ,असंबैधानिक कदम सच्याउन माँग

      12/27/2020 गते 00 00 मा प्रकाशित     650   पटक पढिएको

प्रतिनिधि सभा बिघठनको बिरुद्ध जसपा पर्साले  बीरगंजमा प्रर्दशन गरेको छ । संसद बिघठन असम्बैधानिक भएको भन्दै त्यसलाई सच्याउन माँग गर्दै जसपाले प्रर्दशन गरेको हो । 


जसपाको केन्द्रिय कमिटिले घोषणा गरे अनुरुप  पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत आज  पनि प्रदर्शन गरिएको जसपाका युवा नेता तवरेज अहमदले बताउनु भयो । 

 

 वीरगंजको घण्टाघरबाट निस्केको बिरोध जुलुस माइस्थान, महाबिस्थान, आदर्शनगर हुदै नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा चालिएको असंबैधानिक कदमले गणतन्त्र र संघीयता नै खतरामा परेको बताएका थिए ।

 

विघटित संसद पुनः स्थापना नभए लामो संघर्ष पश्चात आएको गणतन्त्र र संघीयता गुम्ने खतरा भएकोले त्यसलाई बचाउँन जसपा आन्दोलनमा उत्रेको उनीहरुको भनाई छ ।

तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव र तत्कालिन राष्ट्रिय जनता पार्टी पर्साका अध्यक्ष जगदिश पटेलको संयुक्त अध्यक्षतामा भएको बिरोध कार्यक्रममा प्रदेशसभा सदस्य  करिमा बेगम, रमेश कुर्मी, जन्नत अंसारी, जसपा नेता शिव पटेल, शशिकपूर मियाँ, नेजामुद्दिन समानी,  नेतृ रम्भा मिश्रा, मोनिका सिंह लगायतको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.