logo

सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भईरहेको  राप्रपा अध्यक्ष थापाको आरोप

      12/27/2020 गते 00 00 मा प्रकाशित     623   पटक पढिएको

राप्रपाका अध्यक्ष कमल थापाले  धर्म निरपेक्षताको आडमा लोभ लालच देखाई सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भईरहेको आरोप लगाउनु भएको छ । पार्टीले बीरगंजमा आयोजना गरेको बिरोध जुलुश र त्यसपछि माइस्थानमा आयोजना गरिएको कोण सभामा उहाँले यस्तो बताउनु भएको हो । 


उहाँले २००७ सालमा प्रजातन्त्र आएको बेला नेपालमा करिब दुई दर्जन मात्रै क्रिश्चियन थिए तर २०६२र६३ को परिवर्तन पछि धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर अहिले झण्डै ४० लाख क्रिश्चियन बनाईएको  बताउनु भयो । 


आजै कोण सभा सकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको उल्लेख गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित जिल्ला प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले तमाङलाई ज्ञापन पत्र बुझाएका हुन् ।


महंगी, भ्रष्टारचार, धर्म परिवर्तन एंवम कोभिन–१९ महामारी नियन्त्रण गर्न नसक्ने सत्ताको भागबन्डामा लिप्त असफल सरकार भन्दै राप्रपाले सरकार बिरुद्ध बिरोध जुलुस निकालेको हो ।


वीरगंजको लाठगल्लीबाट निस्केको बिरोध जुलुस घठिअर्वा, माईस्थान, आदर्शनगर हुँदै नगर परिक्रमा गरेपछि पुनः माईस्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।

पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भनिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा समेत फसेको राप्रपाको निष्कर्ष छ ।

 

पत्रमा अगाडि भनिएको छ, ‘कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राज संस्था पुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा छ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.