logo

नेकपाको प्रचण्ड नेपाल पक्षको बैठक चल्दै पहिलो बरियताका अध्यक्ष ओलीलाई कारवाही गर्ने प्रस्ताव पेश

      12/22/2020 गते 00 00 मा प्रकाशित     661   पटक पढिएको

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भइरहेको नेकपाको प्रचण्ड नेपाल समुहको केन्द्रीय समिति बैठकमा  पहिलो बरियताका अध्यक्ष के.पी.ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने गरि अनुशासनको कारवाही गर्ने प्रस्ताव पेश भएको छ । 

 

केन्द्रीय कमिटीको अहिले भइरहेको बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश भएको हो । आजको बैठकको एजेण्डामा अनुशासनको कारबाहीपछिको नेतृत्व चयन पनि समावेश भएको छ ।

 

बैठकले ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ । पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले पार्टीको आन्तरिक समस्याका बारेमा बैठकलाई जानकारी गराउने कार्यसूची छ ।

 

बैठकमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि पेश भएको छ ।
प्रचण्डको अध्यक्षताा भइरहेको बैठकमा अर्का नेता माधव कुमार नेपालले  कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक नहुने बताउनु भएको छ  ।

 

ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक र निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनबारे जानकारी दिएको विषयलाई लक्षित गर्दै नेता नेपालले भन्नु भयो , ‘पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ ।’


अध्यक्ष ओलीबाट आफूहरु पटक–पटक अपमानित भएको पनि नेपाले बैठकमा बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.