logo

संसद बिघठनको बिरोधमा सत्ताधारी दलनै सडकमा , निर्णय सच्याउनु पर्ने माँग

      12/20/2020 गते 00 00 मा प्रकाशित     692   पटक पढिएको

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध बीरगंजमा सत्ताधारी दलको प्रचण्ड नेपाल पक्षले बिरोध प्रर्दशन गरेको छ ।

 

पार्टी भित्रको बिवादले चर्को रुप लिएपछि संसद बिघठनको बाध्यात्मक अवस्था आएको ओली पक्षले तर्क गरिरहदा अर्को पक्ष भने निर्णयको बिरोधमा सडकमा उत्रिएको छ । मध्य तराईका बारा पर्सामा प्रतिनिधि सभा बिघठनको सिफारिश बिरुद्ध प्रर्दशमा उत्रिएका नेकपा नेता कार्यकर्ताले प्रधानमंत्री ओलीको कदमलाई असम्बैधानिक भन्दै आलोचना गरेका छन । 

 


बीरगंजमा भएको प्रर्दशनमा पार्टीका पर्सा जिल्ला सचिव बिजय महतो, शम्भु गुप्ता , मनोज चौधरी ,छोटेलाल यादव रहलर अन्सारी लगायतका नेताहरुले नेतृत्व गरेका थिए । 


उनीहरुले  वीरगञ्जको घण्टाघर चोकमा प्रधामन्त्री ओली र राष्ट्रिपती भण्डारी विरुद्ध नाराबाजी लगाउँदै प्रदर्शन गरेका हुन् । नेताहरुले संसद विघटनको निर्णय तत्काल फिर्ता लिन पनि माँग गरेका थिए ।


बीरगंजमा जनता समाजवादी पार्टीले पनि संसद बिघठनको बिरुद्ध प्रर्दशन गरेको छ । पार्टीका बरिष्ठ नेता लक्षमणलाल कर्णको नेतृत्वमा उनीहरुले प्रर्दशन गरेका हुन । 

 

विभिन्न राजनीतिक दल, संविधानविदलगायतले सामाजिक सञ्जाल मार्फत सरकारी कदमको विरोध गरेका छन् । संविधानविदले प्रधानमन्त्री केपी शर्मा ओलीलको कदमलाई संविधानमाथिको कू भनेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.