logo

संसद बिघठनको सिफारिश लिएर प्रधानमंत्री शितल निवासमा

      12/20/2020 गते 00 00 मा प्रकाशित     554   पटक पढिएको

 संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुग्नु भएको छ । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको हो  ।

यसअघि आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमंत्री ओलीले संसद बिघठनको सिफारिश गर्नु भएको थियो।


९.४५ मा भएको बैठकमा ताजा जनादेशकालागि भन्दै  संसद विघटनको प्रस्ताव ल्याएउनु भएको थियो । नेकपाको आन्तरिक बिवाद मिल्यो मिल्यो भन्दै गर्दा संसद बिघठनको सिफारिशले नेकपाको भविष्यमाथि नै प्रश्नचिन्ह उब्जेको छ । संसद बिघठनको सिफारिशको पार्टी भित्र र बाहिरबाट पनि भर्को आलोचना भइरहेको छ । नेकपाभित्र चुलिएको विवादसँगै भएको यो निर्णयले मुलुकलाई फेरी अस्थिरतातर्फ धकेलेको छ ।


सत्तारुढ नेकपाभित्रका प्रचण्ड, माधव नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी बुझेपछि सरकारले संसद् विघटनको सिफारिस गरेको ओलीनिकटहरुको भनाई छ  ।


ओली विरोधी समूहले त्यसको लागि हस्ताक्षर गरी संसदमा दर्ता गर्ने अन्तिम तयारी थालेको थियो ।
राष्ट्रपतिविरुद्ध प्रस्ताव दर्ता गरी निस्क्रिय बनाएपछि उपराष्ट्रपति नन्दबहादुर पुन मार्फत आफ्ना योजना पूरा गर्ने दाउमा यो समूह लागेको थियो ।


उक्त सूचना शितल निवास र बालुवाटारमा लिक भएपछि ओलीले आइतबार विहान आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाई विघटन सिफारिस गरेको एक नेताले टिप्पणी  गरेका छन ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन माग गर्दै पार्टीका बरिष्ठ नेताहरुले ६ महिनादेखि किचलो गर्दै आएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.