logo

प्रमुख स्तरिय निर्णय भन्दै निजगढमा कर्मचारी माँग, उपप्रमुखद्वारा गैरकानूनी काम भन्दै नगरपालिकामा तालाबन्दी

      12/17/2020 गते 00 00 मा प्रकाशित     604   पटक पढिएको

निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालको एकलौटीर हैकमवादी प्रवृतिले सीमा नाघे पछि उपप्रमुख सहितका जनप्रतिनिधि बिद्रोहमा उत्रिएका छन ।

 

प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकाले गत मंसिर २९ गते कर्मचारीको करार नियुक्तिाकालागि दरखास्त आह्वान गरेको थियो । तर बिद्दाप माँग भएको भोली पल्ट नगरपालिकाले  २ अधिकृतको विज्ञापन रद्द गरेको छ । 

 

नगरले मेडिकल र कानुन अधिकृत १ १ तथा स्टाप नर्स, सर्वेक्षक १ १ र २ जना अमिनको लागि भनि ५ पदका निम्ति सार्बजनिक सुचना गरेकोमा मेडिकल र कानुन अधिकृत पदको विज्ञापन भने हाललाई स्थगित गरेको प्रमुख प्रशाशकिय अधिकृत सुमनकुमार कार्कीले जानकारी दिनु भयो  । 

 

उनले नगरप्रमुख सुरेश खनालको एकल निर्णयअनुसार उक्त पदमा दरखास्त आह्वान गरिएको र पुन नगर प्रमुखकै आदेशमा विज्ञापन स्थगित गरिएको बताउनु भयो  ।नगरप्रमुखले कार्यपालिकालाई बाइपास गरि मनोमानी रुपमा बिज्ञापन आव्हान गरेकोमा उपप्रमुख सहित  बहुमत सदस्यहरुको असहमती रहेको छ । उनीहरु यस्ता महत्वपूर्ण निर्णयहरु कार्यपालिकाको बैठकबाट लिइनु पर्ने अडानमा छन । प्रमुख खनाल भने कार्यपालिका छलेर हैकमवादी रुपमा अघि बढ्न खोजेको आरोप छ । 


नगरप्रमुख र कार्यकारी प्रमुखले बोर्डको अपमान गर्दै एक्लौटी गर्न थालेपनि जनप्रतिनिधिहरुले आज नगरपालिकामा आधी घण्टा सम्म तालाबन्दी गरेर बिरोध जनाएका छन । उनीहरुले प्रमुखले आफनो कदम नसच्याए थप आन्दोलनको चेतावनी दिएका छन । उपप्रमुख लिला लामिछाने खनालको तेतृत्वमा जवप्रतिनिधिहरु बिद्रोहमा उत्रिएका हुन । 


उपप्रमुख खनालले एक बिज्ञप्ति प्रकाशीत गरि  नगरस्तरीय निर्णयको नाममा नगर प्रमुख र कार्यकारी अधिकृतले कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशन गर्ने काम नगरपालिका प्रशासकीय कार्यविधि ( नियमित तथा ब्यवस्थित गर्ने ) ऐन २०७७ बिपरित रहेको उल्लेख गर्नु भएको छ ।  नगरसभाले कृषि क्षेत्रको बिकासकालागि प्राविधिकि कर्मचारीको आवश्यकता महशुस गरि करारमा भर्ना गर्ने निर्णय गरेको स्मरण गराउदै उहाँले त्यो बाहेकका अन्य पदमा गैरकाननुी  बिज्ञापन निकालिएकोले फिर्ता हुनु पर्ने उल्लेख गनुृ भएको छ । 


यसैवीच नगरप्रमुख खनालले समेत एक बिज्ञप्ति प्रकाशीत गरि नगरसभाको निर्णय प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन गर्ने भन्दै आफनो निर्णयको बचाउ गर्नु भएको छ । उहाँले ठेकेदारहरुले दिएको निवेदनको आधारमा सम्बन्धीत शाखाको सिफारिशमा म्याद थप गरिएको समेत उल्लेख गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.