logo

आफू बिरुद्धको सार्वजनीक  षडयन्त्र असफल भएकोमा गुप्ता  उत्साहित जनताको हितमा क्रियाशिल रहिरहने वाचा

      11/27/2020 गते 00 00 मा प्रकाशित     1084   पटक पढिएको

नेकपाका नेता तथा संविधान सभाका सदस्य राजकुमार गुप्ताले कानून ब्यवस्था प्रति आफनो बिश्वास रहेको बताउनु भएको छ ।

 

कार्तिक ६मा बिन्दवासीनी गाउँपालिकाको प्रसौनीमा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा परि ज्यान गुमाएका मुकेश चौरसियाको हत्या अभियोगमा सरकारी वकील कार्यालयले ७ जना बिरुद्ध अभियोजन गरेपछि उहाँले यस्तो प्रतिक्रिया सार्वजनीक गर्नु भएको हो । 


मलाई षडयन्त्र गरेर फसाउन खोजिएको कुरा घाम जत्तिकै छर्लङ थियो गुप्ताले भन्नु भयो “ अनुसन्धानले त्यो कुरा पुष्टि गरेको छ सत्यको जीत भएको छ ।

 

उहाँले आफूलाई  ंिहसामा बिश्वास नरहेको प्रष्ट पार्नु भयो ।  पार्टी भित्रको राजनीतिक प्रतिस्पर्धा समेत शत्रुतापूर्ण हुदैन त्यो मित्रतापूर्ण नै हुन्छ त्यसैले हिंसाप्रति मेरो कुनै पनि आकर्षण नरहेको प्रष्ट पार्छु  गुप्ताले भन्नु भयो घटना दुःखद हो पार्टीले जिम्मेवार कार्यकर्ता गुमाउनु परेको छ तर घटनास्थलमा रहनु भएका नेताहरुले चौरसियाको उपचारमा यथेष्ठ ध्यान दिनु भएन भन्ने मलाई लागेको छ ।

 

नेताहरुलाई बीरगंजमा हेलीकप्टरमा झिकाउन सकियो तर चौरसियाजीलाई उपचारकोलागि हेलीकप्टर झिकाउने काम किन भएन भन्ने प्रश्न आफनो  मनमा खेली रहेको गुप्ताले बताउनु भयो । चौरसियाको हत्या प्रकरणको दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने उहाँको तर्क छ । 


उहाँले आफूलाई फसाउन खोज्ने षडयन्त्रका बिरुद्ध सहयोग गर्नुहुने सबै प्रति आभार प्रकट गर्नु भएको छ । राजनीतिक जीवनलाई समाप्त पार्ने षडयन्त्र असफल भएको भन्दै उहाँले आफू निरन्तर पार्टी र जनताको हितमा क्रियाशिल भइरहने बताउनु भएको छ ।

 

आफू बिरुद्ध सार्वजनीक षडयन्त्र , सडकमा रमिता र शक्तिकेन्द्रहरुको चासो प्रत्यक्ष  देख्नु भएका गुप्ता निराश होइन स्पातीलो बनेको प्रतिक्रिया दिनु भयो । उहाँले भन्नु भयो “जनताको वीचको मोर्चामा म सधै रहन्छु । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.