logo

कुनैपनि हालतमा म पार्टी फुट्न दिन्नः वरिष्ठ नेता नेपाल

      11/26/2020 गते 00 00 मा प्रकाशित     663   पटक पढिएको

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपालाई फुट्न  नदिने बताउनु भएको छ ।   नेकपा फुट्दैन,कसैले फुटाउन सक्दैन र म कुनै पनी हालतमा पार्टी फुट्न दिन्न उहाँले भन्नु भयो “नेकपालाई कसैले पनि फुटाउन सक्दैन र म फुटाउन पनि दिन्न तर कसैले दम्भ गर्छ भने त्यो स्वीकार्य पनि छैन ।

 

पुष्पलाल स्मृति प्रतिष्ठान बारा शाखाले  सीमरामा आयोजना गरेको घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले  पार्टीभित्र विधि र पद्धतिको संस्कार स्थापित गर्न आफू लागिपरेको बताउनु भयो ।

 

उहाँले   पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने आफनो मान्यता रहेको चर्चा गर्दै  त्यसै अनुरुप सबै अगाडि बढनुपर्ने बताउनु भयो । पार्टी भित्र देखिएका समस्याहरु बिधिबत रुपमा छलफलको माध्यमबाट समाधान गरिनुपर्ने उहाँको भनाइ छ । तर कसैले पार्टी फुटाउने धम्की दिन्छ भने त्यो स्वीकार्य छैन पार्टीमा सबै नेताको समान अधिकार र योगदान छ  ।

 

सबैले एकअर्काको योगदानको कदर गर्नुपर्छ वरिष्ठ नेता नेपालको कथन थियो । वरिष्ठ नेता नेपालले बारा,पर्सा र रौतहटमा पार्टी निर्माणमा स्वर्गीय पुष्पलालको ठूलो योगदान रहेको चर्चा गर्नु भएको थियो ।  बारा शाखाका संयोजक पलट चौधरीको अध्यक्षतामा र मनोज पौडेलको सहजीकरणमा सम्पन्न बैठकमा नेकपा प्रदेश नम्बर २का सह इन्चार्ज नागेन्द्र चौधरी, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका सचिव सुन्दर बहादुर विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश नम्बर २ का सचिव कमलेश झा लगायतको उपस्थिति रहेको थियो । पलट चौधरीको संयोजकत्वमा गठन गरिएको ४१ सदस्यीय जिल्ला शाखाको घोषणा गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.