logo

बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिन्छः नेता नेपाल

      11/25/2020 गते 00 00 मा प्रकाशित     786   पटक पढिएको

नेकपाका बरिष्ठ नेता पूर्व प्रधानमंत्री माधव कुमार नेपालले बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिने बताउनु भएको छ ।

 

बुधवार बीरगंजमा नेपाल निजामति कर्मचारी संगठन पर्साको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । 


नेता नेपालले पार्टीलाई सभाफा राख्नु पर्ने बिचार ब्यक्त गर्दै फोहरको डंगुर भएको पार्टीलाई  बहिष्कार गरिनु पर्ने धारणा राख्नु भयो । उहाँले सिङ्गो इतिहास बोकेका नेताहरु वर्तमान नेकपामा रहेकोले कुनैपनि समस्यालाई विधि सम्मत समाधान गर्दै जाने समेत बताउनुभयो ।


उहाँले भेदभाव, उत्पीडिनबाट मुक्त समानतामा अधारित न्यायपूर्ण समाजाको निर्माण नै  समाजबादको उद्धेश्य रहेको चर्चा गर्दै नेता नेपालले देशमा नीति तथा सहकारी पूजंीको बिकास गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

 

उहाँले राष्ट्रीय उत्पादनमा  उल्लेख्य बृद्धि गर्दै भ्रष्टचारबबिरुद्ध पार्टी र सरकार एक हुनु पर्ने बताउनु भयो । उहाँले सुशासनको अवरोधक रहेका हरेक कुरालाई कानुन बनाएर भएपनि हटाएर सुशासनको प्रत्याभूती गर्नु पनेृ बताउनु भयो । 


नेता नेपालले वीरगञ्ज वडा नम्बर १२ स्थित जिल्ला समन्वय समितीको दक्षिणपट्टि रहेको दुईतल्ले भवनको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा आफू प्रधानमंत्री हुदा कर्मचारीहरुको हितमा केही  काम गरेको धारणा राख्नु हुँदै मुलुकले भ्रष्टाचारबाट त्राण खोजेकोले कर्मचारीले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो । 

उहाँले हत्या, हिंसा, बलात्कार गर्नेहरुलाई कुनैपनि अर्थमा नछाडिने दृढता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा आधिकारिक ट्रेड यूनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामित कर्मचारीहरुको अधिकार संकुचित गर्ने कुनैपनि हर्कत आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुहुँदै कर्मचारीहरुको हितको पक्षमा काम गर्ने संगठन निजामित कर्मचारी संगठन नै भएको जिकिर गर्नुभयो ।

 

नेपाल निजामित कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन चापागाई, नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्ग, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियानेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

सो समारोहमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने संगठनको पर्साका पूर्व अध्यक्षहरुभूवनेश्वर दत्त उपाध्याय, रामदेव दास, इश्वरी ढकाललगायतलाई सम्मान समेत गरिएको थियो । उक्त समारोहमा नेकपाका नेता नागेन्द्र चौधरी, सांसदहरु पुष्प कर्ण, शेष चाँद तारा, चिरञ्जिवी आचार्य, बालगोपाल थापा, बिचारी यादव ,पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार ,पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित चौधरी, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने नेकपाका युवा नेता मनोज चौधरी  लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत भाषण कर्मचारी युनियनका अध्यक्ष सुबेदार यादवले गनुृ भएको थियो । भने कार्यक्रमको सञ्चालन सन्तोष यादवले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.