logo

छिपहरमाई र धोवीनीमा नेकपाको शपथग्रहण सम्पन्न

      10/18/2020 गते 00 00 मा प्रकाशित     938   पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।


पर्साको धोबिनी गाउँपालिका वार्ड नम्बर ५ जगरनाथपुरमा आयोजी कार्यक्रम पार्टीकी केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री उर्मिला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले दुबै पालिकाकाका ५१र५१ जना गरी १ सय २ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।


सपथ ग्रहण पश्चात बोल्दै प्रमुख अर्यालले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो  । उनले पार्टीभित्र रहेका सामान्य कमिकमजोरीहरुलाई सच्याएर अघि बढ्नु जोड दिनु भएको थियो  ।

सपथ ग्रहण कार्यक्रममा पार्टीकी सांसद् शेख चाँदतारा, जिल्ला अध्यक्ष प्रभु हजारा, प्रदेश कमिटीका सदस्यहरु बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा, प्रदेश सदस्य योगेन्द्र साह कानु, संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, पुर्व सभासद रामेश्वर रामजगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, नेकपाका जिल्ला सदस्य बलिराम साह ,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नेकपा छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष प्रह्लाद गुप्ता, धोबिनी गाउँपालिका कमिटीका अध्यक्ष मजिद मियाँको अध्यक्षतामा कायृक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन बीरेन्द्र साहले गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.