logo

नेकपाको कालिकामाई गाउपालिका कमिटीको शपथ ग्रहण सम्पन्न

      10/14/2020 गते 00 00 मा प्रकाशित     723   पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीको  कालिकामाई गाउपालिका कमिटीको आज एक समारोहबीच शपथ ग्रहण सम्पन भएको छ ।

 

कालिकामाई वडा नम्बर ५ मा सम्पन एक कार्यक्रमका बीच नेकपा पर्साका अध्यक्ष प्रभु हजराले गाउपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनु भयो ।

 

कार्यक्रमका प्रमुख अतिथि  एवं नेकपा केन्द्रीय सदस्य निर्मला देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाको संघिय सरकारले अहिले विकाश र समृद्धिका योजनालाई प्राथमिकतामा राखि अघि बढिरहेको बताउनु भयो ।

 

कोरोना कहरको समयमामा नागरिकको जीवन रक्षाका लागि सरकारले राहत र उपचारको क्रममा विभिन्न उपलब्धि मुलक काम गरेको बताउनु भयो ।

 

कार्यक्रममा प्रदेश सदस्य बाबुराम कौसिक , तेजप्रकाश निषाद, संविधान सभा सदस्य एव पूर्व सांसद जयप्रकाश थारू, राजकुमार गुप्ता, प्रदुमन चौहान, जुनैद अंसारी,जगरनाथपुर गाउपालिका अध्यक्ष जालिम मियां, छिपहरमाई गाउपालिका अध्यक्ष मनोज गुप्ता, कालिकामाई गाउपालिका वडा नम्बर ५ का अध्यक्ष पवन तिवारी , जिल्ला कमिटी सदस्य बलिराम साह, शुनिल चौरसिया लगायतकाले मन्तव्य राख्नु भएको थियो । कालिकामाई गाउपालिका कमिटीका अध्यक्ष शम्भु पालको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.