logo

जसपाको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न सिंहदरवारको कुर्सी कब्जा गर्ने पार्टीको रोडम्यापः डा. भट्टराई

      10/12/2020 गते 00 00 मा प्रकाशित     668   पटक पढिएको

स्थानीय प्रशासनले पर्सामा सभा सम्मेलनमा रोक लगाएको छ । नो मास्क नो मुभ लगायतका अभियान चलाउदै आएको स्थानीय प्रशासनले पछिल्लो दिनहरुमा आफैले गरेको आग्रह र अपिलको बर्खिलाप हुदा समेत निरिह बन्न पुगेको छ । 

कोरोना महामारीको जोखिम कम भएको छैन । परिक्षण कम हुदा जोखिम कम जस्तो देखिएको हो । त्यसैले भौतिक दूरी, मास्क र बेलाबेला हात धुन प्रशासनले अनुरोध गर्दै आएको छ । तर राजनीतिक दलहरुले पछिल्लो चरणमा स्थानीय प्रशासनको आग्रको बर्खिलाप मात्र गरेका छैनन ।

 

कोरोना भाइरसको संक्रमण बढाउने जोखिम मोलीरहेका छन । सोमवार झन मुलुकका पूर्व प्रधानमंत्री,पूर्व उपप्रधानमंत्रीको सहभागितामा  सामाजिक दुरी बिहिव अवस्थामा खुला सभाहरु सम्पन्न भएका छन । 


सैयौको सहभागितामा  जिल्लाका दुई स्थानमा बृहत पार्टी प्रवेश तथा  दसैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ औराह वडा नं ५ महुवनमा आयोजीत कार्यक्रममा १२ सय भन्द बढीले बिभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेशको घोषणा गरेका थिए । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई, पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादव, पार्टीका केन्द्रीय नेता राजेन्द्र श्रेष्ठ ,प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, पर्साका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको उपस्थिति रहेको थियो ।  

 

कार्यक्रमस्थलमा आयोजक कमिटिले ‘भौतिक दूरी कायम गरी बसौं । मास्कको प्रयोग गरौं । साबुन पानीले हात धौऔं ।’ लेखिएको सूचना टाँस गरेको थियो । यस्तो सूचना टाँस गरिएको भएपनि  ब्यवहारमा सामाजिक दुरी कायम थिएन । कतिपयले मास्क लगाएका थिएनन । 

 नेता भट्टराई र कार्यकारणी अध्यक्ष यादवले नवप्रवेशीलाई माला लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले अबको लक्ष्य आउँदो निर्वाचनमा सिंहदरबारको कुर्सी कब्जा भएको बताउनु भएको थियो । उहाँले भन्नु भयो ‘कुर्सी कब्जा भएपछि संविधान संशोधन र विकासको रोडम्याप लागू हुन्छ ।’

 

पूर्व उपप्रधानमन्त्री एवं पार्टी कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले विकास बजेट र राजनीतिक नियुक्तिमा अझै भेदभाव कायमै रहेको औंल्याउनु भयो  । ‘भेदभाव अन्त्यका लागि शक्ति आवश्यक छ,’ उहाँले भन्नु भयो , ‘हामी जति संगठित हुन्छौँ त्यत्ति नै हाम्रो शक्ति बढ्छ, त्यो शक्ति भनेकै पार्टी हो ।’ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.