logo

नेकपा पार्टी एकताका काम पुरा गर्दै, सखुवा प्रसौनी गाउँपालिका कमिटीले पूर्णता पायो

      10/12/2020 गते 00 00 मा प्रकाशित     663   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीको सखुवा प्रसौनी गाउँपालिकाको पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमवार एक कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन । 

 


सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ सिद्धपुरमा आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले पदाधिकारी तथा सदस्यहरलाई शपथ ग्रहण गराउनु भएको हो ।

 

नेकपा एमाले र एनेकपा माओवादी वीच पार्टी एकता भएपछि तल्ला कमिटीहरुको एकता प्रक्रिया अझै बाँकी छ ।पार्टीका तल्ला कमिटीहरुको एकता नसकिएकोले आधारभूत रुपमा पार्टीको काम हुन सकिरहेको थिएन ।

 

यस्तो बेलामा पालिका स्तरीय कमिटीले काम गर्न थालेपछि पार्टीको वडा स्तरका कमिटी र जनसंगठनहरु पनि एकिकृत हुने बाटो खुलेको छ । शपथ ग्रहण समारोमा आफनो मन्तब्य ब्यक्त गर्दै केन्द्रीय सदस्य देवकोटाले  पार्टीलाई जनस्तरमा स्थापित गर्नकालागि सिंगो पार्टी पंक्रिलाई क्रियाशिल बनाउन पालिकाको नेतृत्वमा रहनेहरुलाई आग्रह गर्नु भयो ।

 

पार्टीलाई जनतासंग जोडनकालागि काम गर्न आवश्यक रहेको चर्चा गर्दै उहाँले मुलुकमा के.पी.ओलीको नेतृत्वमा रहेको सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार रुप दिने चर्चा गर्नु भयो । पार्टी अध्यक्षले लिनु भएको संकल्पनै नेपाली जनताको बिकास र प्रगतीको सुत्र भएको बताउदै उहाँले सबैखालका असमनताको अन्त्य र न्यायपूर्ण समाजको निर्माण कम्युनिष्टले बाहेक अरुले गर्न नसक्ने ठोकुवा गर्नु भयो । 


कार्यक्रममा नेकपाका प्रदेश सदस्य तेजप्रकाश निषाध सम्बिधान सभाका सदस्य जुनेद अन्सारी , राजकुमार गुप्ता  प्रदुम्न चौहान, पार्टीका पर्सा अध्यक्ष प्रभू हजरा लगायतका नेताहरुले पालिकाका पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए । 


गाउँपालिका अध्यक्ष बासुदेव महतोको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका कमिटीका ५१ जना सदस्यहरुलाई शपथ ग्रहण गराइएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.