logo

उपभोक्ता हित संरक्षण मंचद्वारा प्रधानमंत्री ओलीलाई माँग पत्र पेश, स्वास्थ सेवालाई राष्ट्रिकरण गर्न माँग 

      10/7/2020 गते 00 00 मा प्रकाशित     804   पटक पढिएको

 

उपभोक्ता हित संरक्षण मंच प्रदेश २ ले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्री के.पी. शर्मा ओली समक्ष १५ सुत्रीय माग पत्र पेश गरेको छ । 


प्रदेशका अध्यक्ष के.सी.लामिछाने र केन्द्रीय सदस्य धिरज शर्माको नेतृत्वमा सन्तोष रन्जीतकार, प्रिती सिंह, राहुल गुप्ता, जाकिर हुसेन   राजन श्रीवासतव सहित  गएको उपभोक्ता अधिकारकर्मीको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ मार्फत माग पत्र पेश गरेको हो । 


मंचले स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणमा सरकारको विशेष ध्यान पु¥याउन आवश्यक भएकोले आपुर्ति तथा उपभोक्ता हित तथा संरक्षणलागि छुट्टै मन्त्रालयको स्थापना गर्न माँग गरेको छ ।

मंचले उपभोक्ता मर्काका विरुद्ध गुनासो व्यवस्थापन गर्न तथा उपभोक्ता सम्वद्ध निकाय वा अधिकारीहरुबाट भैरहेका कारकारबाहीको नियमन गरी आवश्यक सुझाव तथा सिफारिस गर्नका लागि अधिकार सम्पन्न उपभोक्ता संरक्षण आयोगको स्थापना माँग गरेको छ ।

हरिऔनमा इलाका प्रशासन कार्यालय मार्फत माँग पत्र बुझाउदै मंचका हरिऔन नगरकमिटीका अध्यक्ष दील बहादुर दहाल सहित उपभोक्ता अधिकारकर्मीहरु 

त्यस्तै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १९ वमोजिम अत्यावश्यक खाद्य तथा अन्य वस्तु र सेवाको सूचि तत्काल निर्धारण गर्न र त्यस्ता अत्यावश्यक वस्तु र सेवाको उत्पादन, आयात र बजार ब्यवस्थापनको सुनिश्चितता गर्दै हरेक स्थानीय तहमा सुपथमूल्यको पसल स्थापना गर्न मंचले माँग गरेको छ । स्थानीय तहलाई निरिक्षण अधिकृतको नियुक्ती वा तोक्न सक्ने अधिकार प्रत्यायोजन गर्ने तथा सजायमा आवश्यक समयसापेक्ष संशोधन गर्न समेत मंचले माँग गरेको छ ।


मंचले मूल्य निर्धारण सम्वन्धी कार्यविधी, गुणस्तर निर्धारण सम्वन्धी कार्यविधी, त्रुटिपूर्ण उत्पादन र वस्तु फिर्ता सम्वन्धी कार्यविधी, बजारको तह निर्धारण सम्वन्धि निर्देशिका, प्रदायकको दायित्व र स्वनियम सम्वन्धि निर्देशिका जारी गरि संविधान र उपभोक्ता संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन गर्न माँग गरेको छ ।

 

त्यस्तै तरकारी तथा खाद्य वस्तुको गुणस्तर परिक्षणका लागि प्रयोगशालाहरु स्थापना गरि सञ्चालन गर्न , विद्युतिय सवारी साधन तथा खाना पकाउने चुलो जस्ता वस्तुहरुको उत्पादन,आयात र प्रयोगमा प्रोत्साहन गरि पेट्रोलियम पदार्थबाट भइरहेको क्यापिटल फ्लाइङ्ग तत्काल रोक्न, उपभोक्ता संरक्षण ऐन, २०७५ वमोजिम छुट्टै उपभोक्ता अदालत गठन गरि उपभोक्ताका मुद्दा शिघ्र सुनुवाईको व्यवस्था गर्न ,शिक्षा, स्वास्थ्य, खाद्यन्न, तरकारी, यातायात, टेलिफोन, इन्टरनेट सेवा, दुर्गम क्षेत्रको हवाई सेवा र सहकारी क्षेत्रमा व्यापक अनिमितता, अव्यवस्था र उपभोक्ता माथि अधिक ठगी भैरहेकोले यि क्षेत्रमा विशेष कार्ययोजना सहित प्रभावकारी नियमनको व्यवस्था गर्न र स्वाथ्यसेवालाई राष्ट्रियकरण गर्ने तथा निशुल्क उपचारको व्यवस्था गर्न मंचले माँग गरेको छ । 
मंचको सर्लाहीको हरिऔन नगर कमिटीले पनि इलाका प्रशासन कार्यालय मार्फत ज्ञापन बुझाएको छ । मंचका अध्यक्ष दिल बहादुर दाहाल , स्वस्तिमा अधिकारी अन्जना पन्त कडरिया, अनिल हमाल  प्रेम पौडेल लगायतको टोलीले ज्ञापन बुझाएको हो । त्यसैगरि धनुषमा मंचका केन्द्रीय सदस्य अधिवक्ता दीपक के.सी. प्रदेश सचिव गुन्जा राय ,धनुषा उपमहानगर कमिटीका सचिव बटुकनाथ मिश्र लगायतको टोलीले धुनषाका प्रमुख जिल्ला अधिकारी मार्फत माग पत्र बुझाएको छ । 


त्यसै गरि बाराको कलैयामा मंचको उपमहानगरकमिटीले माँग पत्र बुझाएको मंचका प्रदेश सदस्य अरुण खनालले जानकारी दिनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.