logo

स्थानीयतहमा निर्वाचन केन्द्रीत राजनीति शुरु, बहुदरमाईमा जसपाले बुझायो ज्ञापन, सुनवाई नभए आन्दोलनको चेतावनी

      9/21/2020 गते 00 00 मा प्रकाशित     969   पटक पढिएको

जनता समाजवादी पार्टीले बहुदरमाई नगरपालिकाको नगरपरिषद पारदर्शी रुपमा गर्न माँग गरेको छ । पार्टीको नगर समितिले नगरपालिकालाई आज ज्ञापनपत्र बुझाउदे यस्तो माँग  गरेको हो ।

 

 ज्ञापन पत्र मार्फत पार्टीले चरणवद्ध छलफलका माध्यमबाट योजनाको छनौट ,नगर क्षेत्र भित्र नगर स्तरीय स्वास्थ्य उपचार केन्द्र, अध्यन अध्यापन गराउने क्याम्पस संचालन, नगर क्षेत्र भित्रका विद्यालयलाई व्यवस्थित एवं प्राविधिक जनशक्ति पूर्ण, बहुदरमाई क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न बजेट विनियोजन, नगरपालिकासंग उपलब्ध स्कारभेटर, ट्रेक्टर र सेपटी ट्यांकीको प्रयोग, कृषि बजार, कृषि विद्युतीकरण र सिंचाईको व्यवस्था गर्न माँग गरिएको छ ।  

एम्बुलेन्स, शव वाहनको व्यवस्था, कोभिड—१९ को समयमा भए गरेका हिसाब किताबको सार्वजनीकीकरण, नगरपालिकाले यस आ.ब.भन्दा अगाडी सम्पन्न गरि सकेको तीन आर्थिक वर्षको खर्च विवरण, नगरपालिका पदाधिकारीहरुले प्रयोग गर्दै आएका सवारी साधनको इन्धन, मर्मत कार्यमा भएको खर्चको विवरण, नगरपालिकाले अहिलेसम्म गरेका नगर स्तरिय, वडा स्तरिय योजनाको विस्तृत विवरण सार्वजनिक गर्न सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


जनता समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णा प्रसाद यादवको नेतृत्वमा गएको टोलीले नगर प्रमुख र उपप्रमुखको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

पार्टीका नेता तथा बहुदरमाई नगरपालिकामा राजपका प्रत्यासी रहनु भएका शिव पटेलले ज्ञापन पत्रमार्फत नागरिकको माँग उठाएको बताउनु भयो । उहाँले माँगहरु सम्बोधनमा नगर नेतृत्वले ध्यान नदिए प्रजातान्त्रिक बिधि अनुसार आन्दोलनको बाटोमा जान आफूहरु बाध्य हुने बताउनु भयो ।

 

 सो अवसरमा जनता समाजवादी पार्टीका नगरसचिव  बृजेश यादव, युवा नेता निशेष यादव, अनुज प्रसाद कलवार, शिव कुमार साह, नगर कार्य समितिका सदस्यहरु क्रमशः संजय कुशवाहा, जवाहर प्रसाद कोईरी, रामकिशुन यादव, बन्धु साह तुरहा, भरदुल मिया, रामजी यादव, नरेश यादव, नन्दलाल पटेल, सोती कलवार, सोनालाल साह, रामाज्ञा मण्डल, कृष्ण प्रसाद कुर्मी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.