logo

पटेलको सम्झनामा स्मृति सभा , अध्यक्षको घरमा खसीको मासु सहितको भोज निलम्वीत साँसदको सहभागिता

      9/19/2020 गते 00 00 मा प्रकाशित     1260   पटक पढिएको

२००७२ असोज ३ गतेका दिन मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुदै यियो । संविधान प्रति असहमती राख्दै मधेशमा जनबिद्रोह चल्दै थियो ।

 

असोज ३ मा संबिधान जारी हुदै गर्दा  आफना माँग राखेर संबिधानका बिरुद्धको संर्घषको मोर्चा मजवुत बनाइदै थियो । बीरगंजमा कफ्र्यू आदेश थियो । आन्दोलनको आव्हान गर्ने नेताहरु सुरक्षीत थिए । जनताले सडकमा बिद्रोहको नेतृत्व सम्हाले । कर्फ्र्यू अवज्ञा गरे ।

 

कर्फ्र्यू घोषणाका बाबजुदर अशोक बाटिका क्षेत्रबबाट आन्दोलकारीहरु बीरगंजको मुख्य सडकमा प्रर्दशनमा आउन थाले । नेतृत्वको अत्तोपत्तो छैन ।

 

जनता आफनै बेगमा  माइस्थान आई पुग्दा नपुग्दै प्रहरीको गोली चल्यो । गीता मन्दीर रोडमा एक जना नौजवान शत्रुघ्न पटेलको शरीर सडकमा ढल्यो । उहाँले शहादत प्राप्त गर्नु भयो ।

 

यो  ३असोज  २०७३ को नदन  थियो  । जुन दिन नेपालमा संघीय गणतन्त्र  नेपालको संबिधान जारी भएको थियो । त्यही दिन बेलुका मधेश बाहेकको भूगोलमा दीपावली भयो  मधेशमा ब्लल्याक आउट गरियो । संबिधान प्रति बिमतीराखेर सत्ता र सडकको सघर्ष अहिले पनि जारी छ । 

 

संविधान जारी भएको दिन प्रहरीको गोलीबाट ज्यान गुमाएका सत्रुघ्न पटेलको पाँचौं स्मृतिमा आज एउटा कार्यक्रमको आयोजना गरियो । यो कार्यक्रम पछि अर्को पनि कार्यक्रम भयो । पहिलो कार्यक्रममा शहीद प्रति सम्मान प्रकट गरियो । शहीदको सपना पुरा भएको छैन लडाई जारी छ भनियो । शहीदको योगदानको चर्चा गरियो । 


कार्यक्रम सकियो केही नेताहरु आफनो ठाउ तिर लागे केही नेताहरु खजा नास्ताको तयारी भएको तिर लागे ।  पकाहा मैनपुर गाउँपालिका अध्यक्ष भूतपूर्व शिक्षक समेत हुन  ।

 

उनले खसी काटेर खाजा खाने प्रवन्ध मिलाएका थिए । त्यहा खाजा खाने ठाउमा जसपाका अन्य नेता त पुगेनन । प्रतिनिधिसभाका  निलम्वीत साँसद हरिनारायण रौनीयार पुगे र खसीको मासु सहित ब्यवस्था गरिएको धोजन  ग्रहण गरे । 


शहीद शत्रुघ्न  पटेलकी माता पकाह मैनपुर गाउँपलिकाको उपाध्यक्ष कुश्मी देवीलेले आाफनो पहलमा  खिर पुरीको ब्यस्था गर्नुृ भएको थियो । नेताहरुलार्इृ आमन्त्रण गरे पनि कोही गएनन । उहाँले गुनासो समेत गर्र्नु भयो नेताहरुल ेयो हद सम्म्को अपमान गर्नुहोला भन्ने सोचेको थिइन उहाँले भन्नु भयो  । 


पार्टीको कतिपय नेताहरु कुनै प्रकारको खाजा नखाई फर्किनु भयो  तर रौनीयार चौरसियाले आयोजना गरेको खाना  खाने ठाउमा जानु   भयो जाहा खसीको मासु सहितको भोज थियो ।

 

तर निलम्बित  सांसद रौनीयारले आफूले मासहार नगरेको बताउनु भयो । उहाँले दाल भात र घिरौलाको तरकारी खाएको बताएउनु भयो । खसी काटिएको थियो थिएन मलाई थाहा भएन तर मैले भेज खाना खाएको हो  उहाँले स्पष्ट पार्नु भयो । उहाँले कार्यक्रम स्थलमा फ्रूटी खाएको र बिजय चौरसियाको घरमा खाना खाएको बताउनु भयो । हामी केही बिजय चौरसियाको घरम गयौ केही सूर्जाहा जानु भयो ।

 

 

यो बेलामा एकैठाउमा भेला हुनु भन्दा पनि बाडिनु आवश्यक भएकोले त्यसो गरिएको निलम्वित साँसद रौनीारले बताउनु भयो । 


तर सोही पार्टीका एक जना सासदले गाउँपालिका  अध्यक्ष चौरसिायको घरमा खसीको मासु सहितको पकवानको ब्यवस्था गरिएको र रौनीयार त्यसमा सहभागि भएको दावी गर्नु भयो ।

 

उहाँले भन्नु भयो मधेश आन्दोलनमा सहभागी भएको भएपो शहादतको मर्म र कर्मका बारेमा थाहा हुन्थ्यो ? पैसाको भरमा नेता बन्नेहरुले शहीदको योगदानको अवमूल्यन गर्दै आइरहेको तथ्य रहेको  उहाँले दावी गनुृ भयो । 


०७३ असोज ३ गते गीता मन्दीर रोडमा शहादत प्राप्त पटेलको जन्म स्थल पकहामैनपूर चौकमा रहेको उनको शालिकमा जनता समाजवादीका नेताहरुले आज मल्यअर्पण गरे र सभाको आयोजना पनि गरे । नेताहरुले पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै अहिले पनि सहिदको सपना पुरा नभएको बताए ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै  सांसद् लक्ष्मणलाल कर्णले मधेसी जनताले अधिकार प्राप्त नगरेसम्म संविधान मान्य नहुने बताउनु भयो  । उनले मधेस अन्दोलनको क्रममा सयौँले सहादत प्राप्त गरेको भन्दै हक अधिकार प्राप्तीको लागि अहिले पनि हजारौँ जनताले आफ्नो ज्यानको आहुति दिन तयार रहेको बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.