logo

पार्टीको बैठक माँग गर्दै ५१ सदस्यले बुझाए ज्ञापन,  सरकारी निषेधाज्ञा र पार्टीको निर्देशनको सत्ताधारी दलका कार्यकर्ता हुर्मत लिदै 

      9/18/2020 गते 00 00 मा प्रकाशित     1110   पटक पढिएको

नेकपा पर्सामा ५१ जना जिल्ला कमिटीका सदस्यले ज्ञापनपत्र पेश गरेर जिल्ला कमिटीको बैठकको माँग गरेका छन । पार्टी एकतापछि बनेको एकिकृत कमिटीको बैठक बस्न नसकेको भन्दै ५१ जनाले हस्ताक्षर गरेर पार्टीको जिल्ला कमिटीको बैठक माँग गरेका छन । 

 

कोरोना हटस्पट बनेको पर्सा जिल्लामा जनताको जीवन रक्षाको निम्ति पार्टीले केही काम गर्न नसकेको ,पर्सामा जिल्ला कमिटिले पूर्णता पाई सपथ ग्रहण भएको एक वर्ष वितिसक्दा जिल्ला कमिटिको एउटा पनि बैठक बस्न नसकेको, सचिवालय गठन हुन नसकेको, जिल्ला कमिटी सदस्यको कार्य विभाजन नभएको, जिल्लामा रहेका अधिकांश पालिका कमिटीहरुले पूर्णता नपाएको, पाइसकेकाहरुको पनि सपथ हुन नसकेको भन्दै उनीहरुले बैठकको माँग गरेका छन । 


असन्तुष्ट जिल्ला सदस्यहरुले बैठकको बिषयमा पार्टीको बिधानले गरेको ब्यवस्थाको हवाला दिदै बैठक माँग गरेका छन । 


पार्टीको  अन्तरिम विधान २०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २र२ महिनामा बस्नुपर्ने व्यवस्था छ । विधानकै धारा ५९ कै (क) को ४ बमोजिम २५ प्रतिशत जिल्ला कमिटी सदस्यहरुले जिल्ला कमिटिको बैठक बोलाउन माग गर्न सक्ने व्यवस्था छ । तर अहिले पार्टीको केद्य्रीय कमिटीले नै मातहतका कमिटीको बैठक भेला भिडभाड हुनु पर्ने अन्य काम रोकेको छ ।

 

यो बेलामा बैधानिक ब्यवस्थाको वकालत गरेर पार्टी केन्द्र र सरकारको निर्णयको खिलाफ नेकपा पर्साको ५१ जना सदस्यले किन पार्टीको बैठक माँग गरेका हुन भन्ने प्रश्न उठेको छ । जिल्ला सदस्य राघव साहको नेतृत्वमा उनीहरुले पार्टी अध्यक्ष प्रभू हजरालाई ज्ञापन बुझाउदै बैठक माँग गरेका हुन ।

 

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सभा गोष्ठी भेला सेमिनार गर्न रोक लगाएको छ । शैलुन समेत चल्न दिएको छैन यस्तोमा  १ सय ६५ सदस्यीय जिल्ला कमिटिको बैठक राख भन्दै  सत्तारुढ दलका नेताहरु नै सरकारी निर्णयको हुर्मत लिन किन उत्साहित भएका हुन भन्ने प्रश्न समेत उठेको छ ।


प्रदेश नं २ मा पार्टी संगठन भित्रै बिवाद छ । संगठन बिभाग प्रमुख बामदेव गौतमको संयोजकत्वमा प्रदेश २ को बिवाद मिलाउनकालागि समिति बनेको छ ।

 

पार्टीका कतिपय काममा समितिले नै रोक लगाएको छ ।  पर्सा जिल्लामा सबै पालिकामा पार्टीको तर्फबाट जिम्मेवारी तोकिएको छ । छिपहरमाई, जिराभवानी र ठोरीमा बिवाद भएकोले शपथग्रहणको काम भएको छैन  त्यो बिवाद पनि कृत्रिम विवादको रुमा रहेको छ ।

 

पार्टीका पर्सा अध्यक्ष प्रभू हजराले पार्टीको निर्देशन अनुसार नै बैठक नडाकिएको बताउनु भयो । अध्यक्ष हजराले पार्टीको जीवनलाई संस्थागत र सुबिचारित रुपमा संचालन गर्न बैठक आवश्यक छ त्यसबाट भाग्ने कुरा हुदैन भन्नु भयो । उहाँले तर मुलुकको अवस्था असमान्य रहेको कुरालाई बुझ्न जरुरी रहेको उहाँको भनाई छ ।

 

 पार्टीको पर्सा जिल्ला कमिटीको बैठक राख्दा जिल्ला कमिटी सदस्य प्रदेश कमिटी सदस्य र केन्द्रीय सदस्यहरु गर्दा करिब २ सया जनाको संख्या हुन्छ अहिलेको अवस्थामा यत्रो संख्या बैठक राख्ने कुरा पार्टीले इजाजत नदिएको उहाँले बताउनु भयो । उहाँले साथीहरुले बैठक माग गरेर ज्ञापन दिनु भएको छ यो बिषयमा माथिल्लो कमिटीमा पनि जानकारी गराइएको छ पार्टीको माथिल्लो अकिटीले आवश्यक निर्देशन दिने उहाँले बताउनु भयो  । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.