logo

बाराका सबै स्थानीय तहमा नेकपाले तोक्यो जिम्मेवारी ,पार्टीले गती लिने

      9/16/2020 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी नेकपाले बारा जिल्लाको उपमहानगर  नगरकमिटीका जिम्मेवारी तोकेको छ । पार्टीका प्रदेश सचिव सुमनराज प्याकुरेलले जारी गरेको बिज्ञप्ति अनुसार कलैया उपमहानगर कमिटीको अध्यक्षमा अनेरोस्ववियुका पूर्व केन्द्रीय नेता जवाहिर अन्सारीलाई जिम्मेवारी दिएको छ ।

 

त्यसैगरि सचिवमा युवा नेता मुकेश साहलाई जिम्मेवारी तोकेको छ । कलैया उपमहानगरमा नेकपाको नेतृत्व सक्रिय युवाहरुको काँधमा आएको छ । नयाँ जोश र जाँगरका साथ कम्युनिष्टपार्टीलाई आधारभूत नागरिकको भरोसायोग्य पार्टी बनाउने जिम्मेवारी युवा नेतृत्वमा आएको छ  अहिले कम्युनिष्ट पार्टी प्रति गरिब सर्वहारबर्गकै तमाम अुन्तुष्टि रहेको बेलामा पार्टीलाई आम जनताको वीचमा लोकप्रिय बनाउने चुनौती यो नेतृत्वमाथि छ  ।

 

 नेकपा २ नम्वर प्रदेशा कार्यलयको भदौ २८ बसेको बैठकले नयाँ जिम्मेवारी टुङ्ग्याएको हो ।उपमहानगर कमिटीलाइ पूर्णता दिन १ सय पाच जना कमरेडहरुको नाम पठाइएको अधक्ष्य अंसारीले बताए ।

 

 

नयाँ जिम्मेवारी पाएका अंसारीले बिधार्थी क्षेत्रबाट राजनिती यात्रा शुरुगरी अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य हुदै सचिवालयको जिम्मेवारी पुरागरी बिदा भएका थिए ।

 

त्यसैगरि  जीतपुर सीमरा उपमहानगरपालिकाको अध्यक्षमा कृष्ण खनाल सचिव रामशरण बर्तौला , निजगढ नगरपालिकाको अध्यक्षमा दिल बहादुर राना सचिववमा दीपक खड्का  ,कोल्भी नगरपालिकाको अध्यक्षमा पृथ्वीराज शिवाकोटी र सचिवमा चिरण काफ्ले  ,सिम्रोनगढ नगरपालिकाको अध्यक्षमा श्याम किशोर यादव सचिवमा गगनदेव कुशवाहालाई जिम्मेवारी तोकिएको छ ।

 

त्यस्तै पचरौता नगरपालिकाको अध्यक्षमा सुमन साह सचिवमा मगनी मुखिया ,महागढीमाई नगरपालिकाको अध्यक्षमा प्रहलाद सहनी र सचिवमा ध्रुब साह ,आदर्श कोतवाल गाउँपालिकाको अध्यक्षमा राकेश यादव, सचिवमा लालबाबु यादव,बारागढीको अअध्यक्षमा धामाया चौधरी सचिवमा  सरोज ठाुकर,करैयामाईको अध्यक्षमा धनिराम चौधरी  सचिव सुरेश यादव  देवतलाको अध्यक्षमा राजकुमार सहनी सचिवमा कौशल किशोर सिंह ,सुर्वणमा श्रभगवान गिरी सचिवमा यन्दना सिंह बिश्रामपुर गाउँपालिकाको अध्यक्षमा धर्मदेव यादव र सचिवमा मनिर देवान , प्रसौनी गाउँपालिकाको अध्यक्षमा बिनोद पटेल र सचिवमा महेश बिश्वकर्मा र फेटा गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र कुशवाहा  र सचिवमा बीरेन्द्र यादवलाई जिम्मेवारी तोकिएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.