logo

जनकपुरमा २ सय संक्रमीत सम्पर्क बाहिर भित्र भित्रै महामारी बढने डर, स्थानीय सरकारले गरेन काम 

      8/27/2020 गते 00 00 मा प्रकाशित     712   पटक पढिएको

प्रदेश २ को प्रशासनक मुख्यालय जनकपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ सय जना  सम्पर्कबिहिन अवस्थामा रहेका छन ।

प्रादेशीक मुख्यालय रहेको जनकपुरमा जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको लापरवाहीका कारण संक्रमीतहरु सम्पर्कबिहिन अवस्था रहेका छन ।

 

संक्रमीतहरु सम्पर्कमा नरहदा महामारी झन फैलन सक्ने अवस्था बनेको छ । स्रोत र साधनमाथिक कब्जा गरेको प्रदेश सरकारको राजधानीको यो हालतको बारेमा प्रदेश सरकार नै बेखवर हुन झनै उदेक लाग्दो बनेको छ । 

संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिलाई सम्पर्क गर्ने काममा स्थानीय प्रशासन र सरकार चनोखो हुनु पर्ने नागरिक अगुवाहरुको भनाई रहेको छ ।

 

कन्टायक्ट ट्रेसिङ, मास ट्रेसिङ र टेस्टिङको ब्यवस्थापनको जिम्मेवारीमा स्थानीय सरकारको भूमिका देखीनु पर्नेमा त्यही कमजोर भएका कारण आज जनकपुरमा २ सय संक्रमीतहरु सम्पर्क बाहिर छन । कर्मचारीको लापरवाहीको कारण उनीहरुको नाम नम्बर र ठेगाना गलत भएको भन्दै उम्किने प्रयास गर्न थालिएकोमा नागरिक अगुवाले त्यस्तो काममालाई गैर जिम्मेवार भन्दै स्थानीय सरकारलाई जावाफदेही बन्न आग्रह गरेका छन । 

सरकारी संयन्त्रले भने पीसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको दावी गरेको छ।

संक्रमितहरू लुकिछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताउनु भयो।

‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन्। यस्तो प्रवृत्तिले गर्दा पीसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाहे भएको छ’, झाले भन्नु भयो , ‘स्वाब संकलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न झमेला भएको छ।

 

’ तर स्वाब संकलनमाजाने कर्मचारीले परिक्षणकर्ताको नाम नामेसी ठेगाना नम्बर ठिक भए नभएको कुनै जाँच नगरेको प्रति भने झाले कुनै प्रतिक्रिया दिनु भएन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.