logo

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल शुरु गरेका छौः प्रजिअ तमाङ 

      8/27/2020 गते 00 00 मा प्रकाशित     968   पटक पढिएको

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गर्नुभएको छ ।

 

पहिलो चरणमा आज बिहान सञ्चारकर्मीहरुसँग गरेको छलफलमा निषेधाज्ञा कोरोना संक्रमणको चेन ब्रेक गर्ने एक मात्रै उपाय भएपनि यसलाई अब परिवर्तन गर्नेतर्फ आफ्नो सोच भएकोले छलफल शुरु गरिएको बताउनुभयो । उहाँले मान्छेको भीडभाड बढी हुने आवश्यक स्थानहरुमा मात्रै निषेधाज्ञा गरेर अन्य स्थानमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड सहित खुकुलो बनाउदै लगिने बताउनुभयो ।

 

पर्सा जिल्लामा आएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग गरेको भेटघाटमा प्रमुख जिल्ला अधिकारी तामाङले आफ्नो पहिलो प्रथामिकता नै अहिले पर्सा जिल्लालाई कोरोनामुक्त बनाएर ग्रिनजोनमा ल्याउने र त्यसपछि अन्य शान्ति सुरक्षा, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षा र नागरिकलाई सहज सोवा प्रवाहमा केन्द्रीत रहने बताउनुभयो ।

 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि मान्छे मान्छे बीचको सम्पर्कलाई नै रोक्नुपर्ने भएकोले निषेधाज्ञा नै एकमात्रै उपाय भएपनि नागरिकले स्वअनुशासन र स्वास्थ्य सतर्कताको मापदण्ड अवलम्बन गरे यसको चेन ब्रेक हुने र छिट्टै पर्सा जिल्लालाई कोरोनामुक्त बनाउन सकिने बताउनुभयो ।

 

 

उहाँले यसको लागि विभिन्न सरोकारवालाहरुसँग छलफल चलाएको पनि बताउनुभयो । उहाँले नागरिकलाई बैंकीङ सेवामा सहज पार्नका लागि आज बैंकर्सहरुसँग पनि आपूmले छलफल गरेको र भोली उद्योगी, व्यवसायी र राजनीतिक दलहरुसँग पनि छलफल गरेर निषेधाज्ञाको नयाँ मोडालिटीमा जान सकिने बताउनुभयो ।

 

छलफलमा सहभागी सञ्चारकर्मीहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न, गरिब, असहाय नागरिकको जीवकोपार्जन तथा कोरोना संक्रमितहरुको उपचार प्रभावकारी बनाउनुपर्ने सुझाब दिएका थिए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द चौहान, प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे लगायत पर्साका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.