logo

अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघलाई चौतारीको आग्रह

      3/18/2017 गते 00 00 मा प्रकाशित     1053   पटक पढिएको

कलैया, ५ चैत्र ः नेपाल पत्रकार महासंघ बारा शाखाको स्थगित अधिवेशन छिटो सम्पन्न गर्न प्रेस चौतारी नेपाल बाराले आग्रह गरेको छ । 
प्रेस चौतारी बाराको शनिवार कलैयामा सम्पन्न बैठकले सदस्यता विवादको कारण देखाउदै लामो समयदेखी स्थगित भएको अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघलाई आग्रह गरेको हो । 
नेपाल प्रेस युनियन बाराले नया सदस्यतामा विवाद देखाउदै महासंघको कार्यलयमा तालाबन्दी गरेपछि गत फाल्गुन १७ गतेका लागि तय भएको अधिवेशन स्थगित भएको थियो । युनियनले महासंघले सहमती गरी विज्ञप्तीमार्फत आन्दोलनका कार्यक्रम सबै फिर्ता लिएका कारण अब अधिवेशन सम्पन्न गर्न चौतारीले आग्रह गरेको हो । 
महासंघलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै चौतारीले मिति घोषणा गरेर अधिवेशन सम्पन्न गर्नुको बिकल्प नरहेको बताएको छ । जिल्लास्थित अन्य संघसंगठनले पनि अधिवेशन तत्काल गराउन माग गर्दै आएका छन् । 
यसैगरी चौतारीको बैठकले शाखा अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सात सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा प्रेस चौतारीका केन्द्रीय सदस्य सुभाष साह, प्रकाश लम्साल, पूर्व केन्द्रीय सदस्य गोकुल घोरसाईने, लक्ष्मी साह, केन्द्रीय पार्षद रमेश सुवेदी र जिल्ला कार्यसमिति सदस्य सुरेन्द्र साह रहेका छन् । 
महासंघको छैठौं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सबै संगठनसंग समितिले समन्वय गर्ने बताइएको छ । समितिले जिल्लास्थित पत्रकारहरुको सबै संघसंगठनसंग समवन्य गरी अधिवेशनको वातावरण निर्माण गर्न समेत समिति सक्रिय हुने अध्यक्ष भण्डारीले बताए । 
अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य प्रकाश लम्साल, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्याय, प्रेस चौतारीका केन्द्रीय पार्षद रमेश सुवेदी, पन्नालाल दास, जिउतप्रसाद यादवलगायत कार्यसमितिका पदाधिकारी र सदस्यको सहभागीता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.