logo

अधिकार जनताको दैलोमा पु¥याउन नया सोचको साथ अगाडि वढनु पर्छ ः यादव

      3/25/2017 गते 00 00 मा प्रकाशित     1036   पटक पढिएको

बीरगंज १२ चैत्र ।
नेपाल संघिय समाजवादी पाटिका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले जनताको अधिकार जनताको दैलोमा पु¥याउन नया सोचको साथ अगाडि वढनु पर्ने बताएका छन ।  पर्साको क्षेत्र नम्बर ४ अन्तर्गत औराहको सन्ठीमा  संघीय समाजवादी पार्टीको आयोजनामा सम्पन्न  आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले गरिबले न्याय नपाएसम्म समृद्ध देशको कल्पना समेत गर्न नसक्ने बताए  । उपाध्यक्ष यादवले नेपाली कांग्रेस,एमालेले वीरगंज चिनी कारखाना र कृषी औजार कारखानालाई राजीतिकरण गरि समाप्त पारेको बताउदै पर्साको विकासको बाधक कांगेस एमाले जस्ता ठुला दल रहेको आरोप लगाए  । कार्यक्रममा पार्टीका युवा नेता दिपनारायण रौनियारले इमान्दार र भ्रष्ट वीचको लडाईमा जनताले भ्रष्टचारीलाई समाप्त पार्न जागिसकेको बताए  । नेपाल संघीय समाजवादी पार्टी गाउ कमिटी सन्ठीका रामजी प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालेश्वर चौधरी, चोकट गिरी, रामबालक राम, भिखम सिंह, जितेन्द्र पटेल, प्रयाग राउत कुर्मी जगमति देवी,भोली देवी राम लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुलाई फुलमाला लगाइ स्वागत गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.