logo

राजतन्त्रको शैलीमा निर्वाचन गराउन खाजे परिणाम नराम्रो हुने चेतावनी

      2/22/2017 गते 00 00 मा प्रकाशित     1193   पटक पढिएको

बीरगंज ११ फागुन ।
पर्साको सखुवा प्रसौनीमा नेपाल सघिय समाजबादी पार्टीको वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश सभा सम्पन्न भएको छ । मधेश बन्दको आयोजना गरिएको भए पनि कार्यक्रममा सहभागि हुन सोनवर्षा, पटेर्वा सुगौली, गादी, ,कौवाबन कटैया, देवरबना, निचुटा, महुवन, लखनपुर लगायतका गाविसबाट ट्रेक्टर लगायतका सवारी साधनबाट सयौंको संख्यामा स्थानिय वासिन्दाहरु सभामा सहभागी भएका थिए । भेलालाई सम्बोधन गर्दै नेपाल संघिय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले मधेशका माग पुरा नगरी सरकारले तत्कालिन राजतन्त्रको शैलीमा निर्वाचन गराउन खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए  । उनले  सत्ताधारी गठबन्धन अधिकार र पहिचान विरोधी भएको बताउदै कांगे्रस, एमाले, माओवादी लगायतका राजनीतिक दलले ल्याएको संविधान मधेश, पहाड, हिमालका जनताले स्वीकार नगरेको दावी गरे । उनले जनताले अस्विकार गरेको सम्बिधानको आधारमा गरिने  निर्वाचनले मुढभेड निम्त्याउन सक्ने बताए  । कार्यक्रममा संघीय समाजवादी पार्टीका आर.सि.यादव, कमल यादव, महेन्द्र यादव बिजय खड्का हरेन्द्र सहनी फैयाज अहमद लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।  सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाल संघिय समाजवादी पार्टीमा प्रवेश गर्नेलाई नथुनी कुशवाहा इनरमन कम्कर लगायतका नेताहरुले अविर टिका लगाई स्वागत गरेका थिए । कार्यक्रमको संचालन दीपनारायण रौनीयारले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.