logo

फोरम नेपाल पर्साको अध्यक्षमा पुनः यादव 

      2/11/2017 गते 00 00 मा प्रकाशित     1146   पटक पढिएको

वीरगंज, २९ माघ ।संघिय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पूनःप्रदीप यादव चयन भएका छन  । जिल्ला अध्यक्षको लागि प्रदिप यादव बाहेक अरु कसैको उम्मेदवारी नपरेकोले यादव सर्वसम्मत भएको निर्वाचन प्रमुख जयराम यादवले जानकारी दिए । हिजोबाट शुरु भएको पार्टीको पहिलो जिल्ला अधिवेशनको आज भएको बन्दसत्रले यादवलाई अध्यक्षमा छानेको र अन्य पदाधिकारी र सदस्यहरुको पनि टुङ्गो लाग्ने बताइएको  छ ।

 

बीरगंज नगरसभागृहमा संचालीत बन्द बन्द सत्रमा प्रदीप यादवले राजनीतिक प्रतिवेदन, जिल्ला सचिव नगेन्द्र यादवले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष हिरालाल यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्र संचालनकालागि पार्टीका उपाध्यक्ष लालबाबु राउतको अध्यक्षतामा अध्यक्षमंडल निर्माण गरिएको थियो । 


नवनिर्वचित अध्यक्ष यादवले पार्टीलाई पर्सा जिल्लामै प्रथम शक्तिको रुपमा स्थापित गराउने बताए । उनले मधेस आन्दोलमा पर्सा जिल्लामा सहादत प्राप्त गरेका बिर शहिदहरुको वीरगंज नगरपालिका भित्र शालिक निर्माण गर्ने लक्ष्य रहेको बताए  । पार्टीका सबै पदाधिकारी, सदस्यहरुलाई एक जुट बनाएर अगाडि बढने जनाउदै अध्यक्ष यादवले पार्टीमा महिलाहरुको व्यापक सहभागीता बृद्धि गर्ने समेत बताए 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.