logo

गौरवमया योजना निर्माणमा जनदवाव जरुरीः नेताहरु

      2/4/2017 गते 00 00 मा प्रकाशित     1131   पटक पढिएको

कोल्हवी २२ माघ । फास्ट ट्रयाक तथा अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि सरकारलाई दवाव दिने उद्देश्यका साथ आज वाराको कोल्भीमा सर्वदलिय सहभागितामा वृहत जनदवाव सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै माओवादी सचिवालय सदस्य एवं संसदका श्रम तथा परराष्ट्र सम्बन्ध समितिका सभापति प्रभु साहले सरकारले फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको काम तत्काल अगाडी बढाउनु पर्ने कुरामा जोड दिए  । उनले  विगतको केपी ओली सरकारको पालामा बजेट विनियोजन भई सकेको र बजेट अन्तरगत अझै निर्माण कार्य शुरु नहुनु दुःखदायि भएको बताउनु भयो । 

कार्यक्रममा सांसद एवं पूर्व खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले विगतमा विनियोजन भएर पनि सरकारले काम शुरु नगरेको हुंदा अब जन दवावबाट नै फास्ट ट्रयाक तथा विमान स्थल निर्माणको काम शुरु हुने चेतावनी दिए  । पौडेलले सरकारले राष्ट्रिय गौरवका योजना अगाडी बढाउने तर्फ ध्यान नदिई झिना मसिना कुरामा अल्झिएको आरोप समेत लगाए  । 

त्यसैगरी रौतहट क्षेत्र नं. ५ का नेपाली कांग्रेसका सांसद सुनिल यादवले जनताको आन्दोलन र दवाव प्रति आफ्नो पार्टीको पूर्ण सहयोग र समर्थन रहेको बताए  । कोल्भी सरोकार समितिका अध्यक्ष ढुन्डीराज उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद बलविर चौधरी, निजगढ सरोकार समितिका अध्यक्ष एक बहादुर श्रेष्ठ, रमेश सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए  । नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधान मन्त्रि केपि ओलीको सरकारले विनियोजन गरेको फास्ट ट्रयाकका लागि १० अर्ब र अन्तर्राष्ट्रिय विमान स्थलका लागि २ अर्ब  रकम यो सरकारले ६ महिना बितिसक्दा समेत काम सुरु नगरेकोले सो दबाब सभाको आयोजना गरीएको आयोजक कोल्भी सरोकार समितिका अध्यक्ष उप्रेतीले जानकारी दिए ।


यसैगरी निजगढ काठमाण्डौ फास्ट ट्रयाक एयरपोर्ट निर्माण मुल संघर्ष समितिको आह्वानमा बाराको निजगढमा आज देखी धर्ना कार्यक्रम शुरु भएको छ । प्रस्तावित निजगढ–काठमाण्डौं फास्ट ट्रयाक र दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि सरकारलाई दवाव दिने उद्देश्यले धर्ना दिइएको संघर्ष समितिका संयोजक रबिराज दंगालले बताउनुभयो । अनशनमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, बुद्धिजिवी तथा निजगढवासीको सहभागिता रहेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.