logo

कांग्रेस पर्सामा सभापतिका पाँच उम्मेदवार 

      2/7/2017 गते 00 00 मा प्रकाशित     1168   पटक पढिएको

वीरगन्ज २५ माघ /
नेपाली काग्रेस पर्साको जिल्ला अधिवेशनमा  ५ जनाले सभापतिमा उम्मेदवारी दिएका छन ।  
सभापतिमा जनार्दन सिंह क्षेत्री  अजय द्विवेदी ,बशिष्ट नारायण कुर्मी  ,अशोक जयसवाल र सुश्री शान्ति कार्कीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन । 
    त्यसै गरि सचिव पदमा क्षेत्रीको सुमहबाट कृष्णमोहन प्रसाद यादव द्विवेदी समुहबाट किशोरी प्रसाद कानु र कुर्मीको समुहबाट दिनेश चौधरीले सचिवमा उम्मेदवारी दिएका छन । त्यसै गरि क्षेत्री समुहबाट कोषाध्यक्षमा राजेश्वर साह तेली द्विवेदी समुहबाट  अशोक गुप्ता र कुर्मी समुहबाट इम्तियाज आलमले उम्मेदवारी दिएका छन । हरेक निर्वाचन क्षेत्र बाट एक महिला अनिर्वाय हुने गरि पा“च निर्वाचन क्षेत्रबाट निर्वाचित हुने २५ खुला सदस्यकालागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन । ४ र ५ लगायतका निर्वाचन क्षेत्रमा समुहगत रुपमा नै सदस्यको समेत उम्मेदवारी परेको छ ।
    २६ गते बिहान १० बजे सम्मकालागि उम्मेदवारको नाम फिर्ता समय सीमा तोकिएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशीत हुने कोइरालाको भनाई छ । यस पटकको अधिवेशनमा शेर बहादुर देउवा पक्षको रुपमा चिनिएका नेताहरुको तीन वटा समुह निर्वाचनको मैदानमा उत्रिएको छ । हिजोको संस्थापन आजको पौडेल समुहका नेताहरु पनि आफनो गुट बिर्सजन गर्दै देउवा गुटमा रहेर पहिचान बनाएका नेताहरुको पक्षमा बिभक्त भएका छन । पौडेल समुह भनेर चिनिएका सभासद राजेन्द्र अमात्य सुरेन्द्र चौधरी अव पौडेल समुहमा छैनन । त्यो समुहको अहिलेको नेता अशोक जयसवाल मात्र बा“की रहेका छन ।  देउवा समुह भनेर चिनिएको आजको संस्थापनको तर्फबाट ४ जना क्षेत्री ,द्धिवेदी ,कुर्मी र कार्कीले सभापतिमा उम्मेदवारी दिएका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.