logo

कोरोनाका कारण नेपालमा आपतकालीन अवस्था आएको डब्ल्यूएचओ को निष्कर्ष

      5/15/2021 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालमा कोरोना भाइरसको सक्रमणको कारण आएको महामारीले आपत्कालीन अवस्था निम्तिएको जनाएको छ ।


डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको बताउनुभएको हो । उहाँले नेपालको छिमेकी भारतको अवस्था भने  निकै चिन्ताजनक रहेको उल्लेख गर्नु भयो  ।

नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि कोरोनाले आपतकालीन स्थिति निम्तिएको टेड्रोसले बताउनुभएको छ ।

भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहेको जनाउँदै टेड्रोसले भारत सरकारलाई गम्भीर हुन आग्रह गर्नुभएको हो ।

टेड्रोसले अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएको उल्लेख गर्नुभएको बिबिसीले जनाएको छ । भारतमा डब्ल्यूएचओले अक्सिजन कन्सन्ट्रेटर्स, मोबाइल फिल्ड अस्पतालका लागि टेन्ट, मास्क र मेडिकल सामग्री पठाइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

भारतको अवस्था अहिले पनि निकै चिन्ताजनक छ, कयौं राज्यमा संक्रमण मामिला  र मृतक संख्या बढिरहेको छ, टेड्रोसले भन्नुभएको छ । भारतलाई सहायता प्रदान गरिरहेका मुलुकहरूप्रति उनले आभार पनि व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

समाज

स्रोत नखुलेको रकम सहित कलवार पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख नेपाली रुपैया सहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.