logo

आयोगका अधिकारीमाथि आम नागरिकको हत्याको आरोप लाग्नुपर्ने देखिन्छः न्यायमूर्ती बनर्जी

      4/27/2021 गते 00 00 मा प्रकाशित     909   पटक पढिएको


भारतमा कोभिड १९ को दोस्रो लहर भयावह हुनुमा चुनावी र्‍याली र यसको अनुमति  प्रमुख कारण भएको मद्रासको उच्च  अदालतले ठहर गरेको छ।

अदालतले  चुनावी र्‍यालीको अनुमती दिएको भन्दै  निर्वाचन आयोगको कडा आलोचना समेत गरेको छ।तमिलनाडुमा  विधानसभा चुनावको  मतगणनामा  कोभिड प्रोटोकॉल को  पालन संबंधी एक एक रिटको सुनवाईको क्रममा  मद्रास हाईकोर्टले चुनाव आयोगको कडा आलोचना गरेको छ ।  

 

अदालतले  सार्वजनिक स्वास्थ्य सर्वोपरि  सम्बैधानिक अधिकारहरुलाई यो कुरा स्मरण गराउनु पर्ने बिषय आफैमा चिन्ताजनक रहेको  अदालते भनेको छ ।   सोमबार मद्रासका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयोगका तर्फबाट बहसमा उपस्थित कानुन व्यवसायीलाई भने, ‘कोरोनाको दोस्रो लहरका लागि मात्र निर्वाचन आयोग जिम्मेवार छ।’ 

 

आयोगसँग कडा रुपमा प्रस्तुत भएका मुख्य न्यायाधीश बनर्जीले आक्रोशित हुँदै उनले थपे, ‘ आयोगका अधिकारीमाथि आम नागरिकको हत्याको आरोप लाग्नुपर्ने देखिन्छ।’  

हाईकोर्टले अदालतबाट यसअघि जारी भएको आदेशलाई बेवास्था गर्दै आयोगले चुनाव प्रचारका क्रममा फेसमास्क  सेनिटाइनर र सामाजिक दूरीजस्ता नियम लागु नगरेको ठहर गरेको छ।

आयोगले ठुला संख्यामा सभा गर्न अनुमति दिएकाले झनै संक्रमण फैलाएको अदालतको आदेशमा उल्लेख छ ।भारतमा अहिले सम्म १ कारोड ७६ लाख २५ हजार ७ सय ३५ जना संक्रमीत भएका छन । १ लाख ९७ हजार ८ सय ८० को ज्यान गएको छ । २८ लाख सक्रिय संक्रमीत रहेका छन । अन्य भने उपचार पछि घर फर्किएका छन । घर फर्किनेको संख्या १ करोड ४५ लाख ४५ हजार रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.