logo

२ कारोड ६१ लाख मानिसले कोरोनालाई जिते , सक्रिय संक्रमीत मध्य १ प्रतिशतको अवस्था गम्भिर, संक्रमीत संख्या साढे ३ कारोड बढी

      10/4/2020 गते 00 00 मा प्रकाशित     1534   पटक पढिएको

विश्वभर कोरोना  भाइरसको संक्रमणबाट  २ करोड  ६१ लाख मानिसहरु निको भएर घर फर्किएका छन । यो संगै संक्रमितको संख्या ३ करोड पार भएको छ ।  । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१  लाख ३२ हजार ५ सय ६३  पुगेको छ । 

 

वर्ल्डोमिटरका अनुसार हालसम्म १० लाख ३७ हजार ९ सय ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  अझै पनि विभिन्न देशमा गरी ७९ लाख ७१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको जनाइएको छ । कोरोनाबाट बढी प्रभावित हुने देशको लिस्टमा अमेरिका, भारत र ब्राजिल रहेका छन्। तर पछिल्ला केही दिन यता भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।

 

अमेरिकामा मात्रै हालसम्म ७६ लाख बढी  संक्रमण पुष्टि भएको छ भने २ लाख १४  हजार २ सय ७७ जनाको ज्यान गएको छ ।

 

यसैगरी भारतमा ६५  लाख ४७ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ  । भारतमा  हालसम्म १ लाख १ हजार ८ सय १२  जनाको मृत्यु भएको जनाइएको छ । उता ब्राजिलमा पनि अहिलेसम्म ४९ लाख ६ हजार ८ सय ३३  जनामा कोरोना पुष्टि भएको छ भने १ लाख ४६  हजार ११ जनाको मृत्यु भएको छ ।

 

संसार भर सक्रिय संक्रमित मध्य ६६ हजार १ सय जनाको अवस्था भने गम्भिर छ । यो सक्रिय संक्रमित संख्याको १ प्रतिशत मात्र हो । 
७९ लाख ५ हजार २ सय ३५ जनाको अवस्था सामान्य रहेको छ । यो संख्या सक्रिय संक्रमीत मध्यको ९९ प्रतिशत हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.