logo

पत्रकार महासंघ यूरोप शाखाको अधिवेशन स्थगित

      6/11/2020 गते 00 00 मा प्रकाशित     1702   पटक पढिएको

नेपाल पत्रकार महासंघ युरोप शाखाले अनलाइन जुम मार्फत भर्चुअल अनलाइन बैठक मंगलबार विभिन्न प्रस्तावहरुमा ब्यापक छलफल गर्दै सम्पन्न भएको छ । कोरोना कहरमा नेपाली समुदायहरुको दैनिकी जनजीवनमा पर्न गएको कष्ठकर अवस्थालाई मध्यनजर गर्दै राज्यलाई झकझक्याउने उदेश्यका साथ नेपालीहरूको अवस्था र कोरोना भाइरस संग सम्बन्धित सहि सुचना संप्रेषणलाई तिब्रता दिएको थियो ।

महासंघ युरोप शाखाले विश्व भर रहेका पत्रकारहरू संग अन्तर्क्रिया संगै युरोपभर विभिन्न देशहरुमा अप्रिल पहिलो साताबाट सुरु गरेको सिलसीलेबार १८ औ श्रिंखला सम्म आइपुग्दा त्यस भित्र गरिएका गतिविधिहरुका बारेमा भए गरेका कमि कमजोरीलाई समिक्षा गरेको थियो ।

सहभागीहरुले शाखाले यस विषम परिस्थितिमा विभिन्न देशका नेपाली हरुको गतिबिधिहरु जन समक्ष उजागर गरेर संथाको साख राख्न सकेको उल्लेख गर्दै काम गर्दै जादा कमि कमजोडी हरु सच्चाउदै जानुपर्नेमा जोड दिएका थिए । प्राबिधिक रुपमा सहयोग पुर्‍याउनु भएकाले संघका सदस्य रबिचन्द्र भट्टराईलाई विशेष धन्यवाद दिएको थियो ।

स्मारिका प्रकाशनका बिषयमा छलफल गर्दै स्मारिका उप-समितिका का संयोजक तथा संघका सचिब वाई बि गुरुङ र संथाका अध्यक्ष केजिन राईले स्मारिका प्रकाशन सम्मका गतिविधिहरुमा जानकारी गराएका थिए ।

स्मारिका प्रकासन सम्म आइपुग्दा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने बिज्ञापनदाता सुभचिन्तक ,संघसंथाहरुलाई धन्यबाद दिदै उप-समितिका संयोजक वाई बि गुरुङ लगाएत संघका सचिब पेम्बा गेलु शेर्पा र महेश कुमार खाति अनी प्रेम परियार् र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश चाम्लिंगलाई विशेष धन्यबाद दिइएको थियो ।

महासंघ युरोप शाखाको आगामी २४ जुनमा पदावधि सकिने भएकाले कोरोना महामारीका कारण उपयुक्त समय र परिस्थिति नभईन्जेल सम्म म्याद थपिएको जानकारी गराईएको छ भने सामान्य परिस्थिति बनेपछी केन्द्र संग समन्वय गर्दै अगाडी बढ़ने निर्णय गरेको छ ।

विविध प्रस्तावहरूमा तिन जनाले संक्षेपमा शब्द चयन बरिष्ठ उपाध्यक्ष अम्माइले शब्द सच्याउन माग गरेका थिए भने पोर्चुगल शाखा संयोजक तथा महासचिव छन्त्यालले नेपाल देखि शाखा हस्तान्तरण गरेकाहरूको सम्बन्धमा अध्यक्षको पाकेटका मान्छे भनि मिटिङ्गमै उपस्थित पत्रकारहरूलाई बाहिर जानुस् भन्दै गल्तीका पत्रकार नामकरण गरेर अपमान गरेका थिए । अध्यक्ष राईले आगामी बैठकमा अन्य विषय वस्तुमा आवश्यक परे छलफल गरिने बताएका थिए ।

यो अनलाइन बैठकमा दुई तिहाइ कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो जुम भर्चुअल मिटिङ्गमा दुई तिहाई कार्यसमितिका पदाधिकारीहरूको उपस्थितमा बैठक सम्पन्न भएको थियो।
अध्यक्ष- केजिन राई,बेल्जियम बरिष्ठ उपाध्यक्ष डिल्लीराम अमगाई बेल्जियम,उपाध्यक्षद्वय राजकुमार दिक्पाल पोर्चुगलबाट (म्यासेन्जरमा सहमतिमा जनाउनुभएको थियो।

यसैगरी पोर्चुगल शाखाका संयोजक तथा युरोप शाखाका महासचिब योगेन्द्र मिलन छन्त्याल,पोर्चुगल,सचिवहरू द्रोण रिजाल नेदरल्याण्ड,पेम्बा गेलु शेर्पा पोर्चुगल, महेश कुमार खाती डेनमार्क ,वाइ बि गुरुङ पोर्चुगल,कोषाध्यक्ष - तेजबहादुर नेपाली बेल्जियम ।


सदस्यहरुमा विरमान मगर, बेल्जियम,प्रेम परियार,नर्बे ;युवराज फुंयाल, स्विजरल्याण्ड्स ,शेर बहादुर छन्त्याल, बेल्जियम ,गणेश पाण्डे पोर्चुगल ,प्रेम पोमु जर्मनी ,जित गुरुङ बेल्जियम ,राजकुमार थापा पोर्चुगल ,रबिचन्द्र भट्टराई, अस्ट्रिया ,शेरबहादुर परियार पोल्याण्ड ,दीपेन्द्र गजुरेल स्पेन ,सरला कट्टेल नर्बै ,दिनेश गौतम साईप्रस समेतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.