logo

जनकपुरमा अक्सिजन उत्पादन शुरु ,अक्सिजन अभाव नहुने मुख्यमंत्रीद्वारा बिश्वास ब्यक्त

      6/16/2021 गते 00 00 मा प्रकाशित     763   पटक पढिएको

मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ  ।

एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न.२३मा स्थापना गरेको ग्यास प्लान्टको मुख्यमन्त्री राउतले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।

मुख्यमंत्री राउतले अक्सिजन उत्पादनको प्लान्ट जडान गरेकोमा संचालकलाई धन्यवाद दिनु भयो । कोरोना संकटका बेलामा अक्सिजनको आवश्यकता र महत्व बढ्यो यसको उत्पादन शुरु हुनुले सन्तोष दिएको उहाँले बताउनु भयो ।  उहाँले जनकपुरमा अक्सिजनको अभाव नहुने बिश्वास ब्यक्त गर्नु भयो । 


सात करोड्को लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ ।

एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहकोअध्यक्ष्ता मा भएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्री नवल किशोर साह , प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव , मुख्यन्यायधिबक्ता दिपेन्द्र झा  लगायतको सहभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.