logo

आँखामा नयाँ रोग देखिएमा चिकित्सकको निगरानीमा जान प्रशासनको आपिल,आवश्यक सर्तकर्ता अपनाउन चिकित्सकको आग्रह

      5/24/2021 गते 00 00 मा प्रकाशित     633   पटक पढिएको

कोभिड संक्रमीतहरुमा आँखा सम्बन्धी नयाँ रोग देखा परेको भन्दै चिकित्सकहरुले आवश्यक सर्तकता अपनाउन आग्रह गरेका छन । आँखामा देखिएको यो रोगलाई म्यूकर माइकोसिस पनि भनिन्छ ।

 

यो देखिए पछि चिकित्सकको निगरानीमा पुग्न स्थनीय प्रशासनले पनि आग्ह गरेको छ ।  यो रोग देखा परेपछि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सोमवार चिकित्सक तथा आँखा अस्पतालका संचालकहरुको बैठक आव्हान गरेर यो रोग नियन्त्रणकालागि अपनाउनु पर्ने सावधानीका बिषयमा आवश्यक काम गर्न निर्देशन दिनु भएको छ । 

 


बैठकमा चिकित्सक डा. निरज सिंहले आँखामा देखिएको यो रोग   फंगल इन्फेक्सन भएको बताउनु भयो  ।   सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने डा.सिंहले बताउनु भयो ।

 

डा. सिंहका अनुसार मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड औषधि प्रयोग गर्ने बिरामीमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अपरट्यूनिस्टिक इन्फेक्सन हुन्छ। जसले सुगर बढ्ने, सास फेर्न असहज हुने, आँखा सुनिने, दुख्ने, धमिलो देख्ने तथा आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने जस्तो लक्षण देखिने उहाँलेबताउनु भयो । डा.सिंहका अनुसार यो रोग सरुवा रोग भने होइन ।


बैठकले आँखामा देखिएको यस्तो समस्यालाई समाधान गर्नकालागि बीरगंजको नारायणी अस्पतालमा कोभिड पोष्ट वार्ड स्थापना गर्ने निर्णय भएको छ । डा.निरज सिंहको संयोजकत्वमा नारायणी अस्पतालका आँखाका बिशेषज्ञ चिकित्सक अन्य दूइृ जना रहेको एउटा टास्क फोर्स बनाउने निर्णय गरेको छ ।

 

यही फोर्सले बीरगंजका सबै नेत्र चिकित्सक र चेत्र सम्बन्धी अस्पतालसंग समन्वय गरेर यो रोगको संक्रमणलाई नियन्त्रणमा भूमिका निर्वाह गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनु भयो । 


बैठकले सबै स्थानीय तहलाई आँखामा देखिएको यो खाले रोगका लक्षण देखा परेमा तत्काल बीरगंजको नारायणी अस्पतालमा सम्पर्क गर्न वा पठाउनकालागि सबै स्थानीय तहलाई पत्राचार गर्ने निर्णय समेत भएको छ । 


बैठकमा नेकपा एमालेका पर्साका अध्यक्ष प्रभू हजरा, नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी ,जसपाका अध्यक्ष राम नरेश यादव सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डृण्ट डा. बीरेन्द्र प्रधान डा. उदय सिंह लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.