logo

जेठको अन्तिम सम्ममा रेमडिसिभिर नेपालमै उत्पादन हुने, नेशनल हेल्थ केयरले पायो अनुमति

      5/19/2021 गते 00 00 मा प्रकाशित     543   पटक पढिएको

कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नपालमै उत्पादन हुने भएको छ। 

औषधि व्यवस्था विभागले वीरगञ्जको नेशनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ। 

 

हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताउाु भयो । उहाँले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिए।

 

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ।

 

नेशनल हेल्थकेयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनु भयो ।कच्चा पदार्थ आएको १५ दिनभित्र औषधि बजारमा लैजाने हिसाबले कम्पनीले काम अगाडि बढाएको उहाँले जानकारी दिनु भयो । 

 

 मे महिनाको अन्तिसम्ममा चीनबाट कच्च पदार्थ आउने छ, पाण्डेयले भन्नु भयो ’ , ‘त्यसपछि हामीले मापदण्ड अनुसार औषधि उत्पादन सुरु गर्ने छौं।’ 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.