logo

क्याटले अस्पतालको निरिक्षण गर्दै , अक्सिजनको उपलब्ध गराउन आग्रह,नारायणीमा कोभिड बिरामीलाई खाजा 

      5/17/2021 गते 00 00 मा प्रकाशित     503   पटक पढिएको

कोभिड एकस्न टिम पर्साका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहद अन्सारी नेतृत्वको टोलीले  बीरगंजमा अस्पतालको नीरिक्षण शुरु गरेको छ ।

 

टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थाई कोभिड अस्पतालमा पनि स्थलगत निरिक्षण गरेको छ ।

 

निरिक्षणको क्रममा क्याटले अस्पतालमा उपचाररत कोभिड संक्रमितहरुको स्वास्थ्य अवस्था र अस्पताल प्रशासनको व्यवस्थापन लगायतको बारेमा जानकारी लिएको क्याटका सदस्य तवरेज अहमदले बताउनु भयो । अनुगमनको क्रममा अक्सिजनको अभाव फेला परेको नेपाली काङ्ग्रेस पर्साका सचिब एवम् क्याटका सदस्य श्याम पटेलले बताउनु भयो  ।

 

अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डा. ओमप्रकाशका कुशवाहाका अनुसार आवश्यक्ता तथा मागबमोजिमको अक्सिजन आपुर्ति हुन सकिरहेको छैन । हरेक दिन १२ घण्टामा लगभग २ सय भन्दा धेरै अक्सिजनको माग भएपनि आपुर्ति भने जम्मा ३० वटा मात्रै हुने गरेको उहाँले  बताउनु भयो  ।  

 

क्याटले अक्सिजनको आपूर्तीका निम्ति राजनीतिक दलको नेतृत्वसंग आवश्यक छलफल गर्ने जनाएको छ ।  अनुगमन टोलीमा नेकपा एमालेबाट सञ्जिव मिश्रा, नेकपा माओवादी केन्द्रका बाबुराम कौशिक लगायतको सहभागिता रहेको थियो ।

 


यसैवीच  नारायणी अस्पतालमा उपचार गराई रहेका  कोरोना भाइरस सङ्क्रमितका लागि कोभिड एक्सन टिम पर्साले  खाजा वितरण गरेको छ ।  कोभिड १९ का संक्रमित बिरामीहरूका लागि दूध, पाउरोटी र अण्डा गरी १५० जनालाई खाजा उपलब्ध गराएको हो । खाजा डा.सरोज रोशन दासलाई हस्तानतरण गरेको अहमदले बताउनु भयो ।

 

कोभिड एक्सन टिम पर्साले हिजो नारायणी अस्पतालमा अनुगमन गरी अस्पतालको समस्या समधान गर्न प्रतिबद्धता गरेको थियो।उक्त प्रतिबद्धता निर्वाह गर्दै आज खाजा वितरण गरिएको कोभिड एक्सन टिम पर्साले जनाएको छ। वितरण कार्यक्रममा नेक महमद अंसारी, श्याम पटेल, तवरेज अहमद ,बाबुराम कौशिक, संजीव मिश्र, समीर अख्तर, इम्तियाज, दिपेश, प्रकाश, अफ्रोज, सजाद लगायतको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.