logo

वीरगन्जमा ८ जना नयाँ कोरोना भाइरस संक्रमित थप

      12/14/2020 गते 00 00 मा प्रकाशित     975   पटक पढिएको

वीरगन्ज, २९ मंसिर । वीरगन्जमा ८ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको ६७ वटा नमूना स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पर्साका २, बाराका ४, रौतहटका १ र सुनसरी १ गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका नयाँ संक्रमितहरु वीरगन्जको श्रीपुर स्थित नेपाली सेनाको व्यारेकका एकजना, कालिकामाई गाउँपालिका वडा नम्बर २ का एकजना, बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का ४ जना रहेको नारायणी अस्पतालका प्रवत्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

त्यस्तै रौतहटको गुजरा नगरपालिका वडा नम्बर १ का एकजना र सुनसरीको धरान नगरपालिका वडा नम्बर ९ को एकजनामा पनि कोरोना भाईरस संक्रमण देखा परेको डाक्टर चौरसियाले बताउनुभयो । उहाँका अनुसार २२ बर्षदेखि ५४ बर्ष उमेर समूहका ५ जना पुरुष र ३ जना महिलाको संक्रमण सार्न सक्ने सिटी भ्यालु १७ देखि ३१ रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.