logo

पर्साका ११ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि 

      10/21/2020 गते 00 00 मा प्रकाशित     1130   पटक पढिएको

वीरगन्ज, ५ कार्तिक । पर्साका ११ जना सहित थप १९ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका ११ जना, बाराका सातजना र सर्लाहीका एकजना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ९६ वटा स्वाबको पीसीआर परीक्षणमा १५ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्तालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

नयाँ संक्रमण पुष्टि भएकाहरु मध्य वीरगन्ज महानगरपालिका वडा नम्बर २, ४, १५, २९ का एक एकजना, वडा नम्बर १३ का २ जना, वडा नम्बर १४ का ३ जना र जगरनाथपुर गाउँपालिकाकका एकजना रहेका छन् । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका अमलेखगंगका २ जना, जीतपुर सिमरा वडा नम्बर ७ का एकजना, डाबर नेपालका एकजना, सिम्रौनगढ नगरपालिकाका एकजना, करैयामाई गाउँपालिकाका एकजना, कलैयाका २ जना, सर्लाहीका एकजनामा पनि कोरोना पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो ।

यसअघि नारायणी अस्पतालको इमर्जेन्सी वार्डबाट संकलन गरिको चारजनाको स्वाब परीक्षण गरी जिन एक्पर्ट विधिबाट पीसीआर परीक्षण गर्दा बाराका दुईजना, पर्साका एकजना र सर्लाहीका १ जनामा संक्रमण देखिएको थियो । अस्ती पर्सामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.