logo

वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित थपिए

      10/18/2020 गते 00 00 मा प्रकाशित     991   पटक पढिएको

वीरगन्ज, २ कार्तिक । वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा पर्साका ५ जना बाराका ७ जना र सर्लाहीका एकजना गरी १३ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

डाक्टर चौरसियाका अनुसार १८ देखि ३२ सिटी भ्यालु अर्थात संक्रमण सार्न सक्ने क्षमता भएको २४ देखि ५९ बर्ष उमेर समूहका १३ जनामा नयाँ संक्रमण देखिएको हो ।

 

पर्साबाट संकलन गरिएको ५१ र बाराबाट संकलन गरिएको ४८ वटा स्वाबको पीसीआर परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ र १० मा एक एकजना, वडा नखुलेका ३ जना गरी पाँचजना र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा २ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर १२ मा एकजना र वडा नम्बर नखुलेका जीतपुर सिमराकै एकजना तथा सर्लाहीका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो । यसअघि हिजो चारजना बैंकका कर्मचारी सहित वीरगन्जमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.