logo

बहुदरमाईको नगरदाहमा निशुल्क नेत्र शिविर सम्पन्न, १ सय २६ जनामा मोतिबिन्दुको समस्या

      10/8/2020 गते 00 00 मा प्रकाशित     877   पटक पढिएको

विश्व दृश्य दिवसको अवसरमा बिहिवार गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । शिविरमा माट्रिका आई फाण्डेशनका नेत्र प्राविधिकले नेत्र परिक्षण गरेका थिए । 


बहुदरामाई नगरपालिका वडा नं ३ नगरदाहामा रहेको  महाविर साह माध्यामिक बिद्यालयमा आयोजना गरिएको नेत्र शिविरमा २ सय २५ जनाको नेत्र परिक्षण गरिएको माट्रिका आई फाण्डेशनका संयोजक महेश  सिंह धामीले जानकारी दिनु भयो ।

 

चेकजाँचका क्रममा १२६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको  धामिले बताउनु भयो । मोतिबिन्दु देखिएका बिरामीहरुको निशुल्क अप्रेशन गरिने धामीको भनाई छ ।   

 


 फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतमा भएको निशुल्क नेत्र परिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश बिभाग प्रमुख अजय कुमार चौरसिया , प्रदेश सासाद राजेश्वर साह तेली, बहुदरामाई नगरपालिका मेयर नितेन्द्र साह, तराई मधेश समन्वय विभागका सचिव रामनारायण प्रसाद कुर्मी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा जि.पी फाउण्डेशनका पदाधिकारी सदस्यहरुले नेत्र शिविरको ब्यवस्थापनमा योगदान दिएका थिए ।   कार्यक्रममा स्वागत मन्तव्य फाउण्डेशनका कोषाध्यक्ष मनोहर साहले ब्यक्त गर्नु भएको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.