logo

बहुदरमाई नगरपालिका प्रमुख साह सहित १ सय ९ जना कोरोना संक्रमणमुक्त 

      9/2/2020 गते 00 00 मा प्रकाशित     824   पटक पढिएको

पर्सा जिल्लामा बुधवार १  सय ९ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह पनि कोरोना संक्रमण मुक्त हुनेमा पर्नु भएको छ ।

 

उहाँसंगै बहुदरमाई नगरपालिका ४ नम्बर वडाको वडा अध्यक्ष श्री रामरेखा सिंह राजपुत पनि कोरोना संक्रमण मुक्त हुनु भएको छ । उहाँहरुको तेश्रो पटकको थ्रोट स्वाबको पिसीआर परिक्षण हुदा लगातार दोश्रो र तेश्रो पटक नेगेटिभ आएपछि उहाँहरु संक्रमणमुक्त हुनु भएको हो । 

 

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मेयर साहसहित पर्साको विभिन्न आइसोलेशन सेन्टर, होम आइसोलेशन, सामुदायिक आइसोलेशन र होटल आइसोलेशनगरी थप १ सय ९ जना कोरोनामुक्त भएका हुन् ।

 

साउन २४ गते कोरोना सङ्क्रमित भएका मेयर साहको तेस्रो पटको रिपोर्ट कोरोना नगेटिभ आएको हो । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बस्दै आएका मेयर साह २५ दिनमा कोरोना निको हुनु भएको हो ।

कोरोना सङ्क्रमणमुक्त हुनेमा अस्थायी कोभिड अस्पताल गण्डक हस्पिटलबाट एक जना, बहुदरमाई नगरदाह माविमा रहेको  सेमी आइसोलेशनबाट १४ जना, रानी पोखरी होटल आइसोलेशनबाट १ जना, बहुदारमाई नगरपालिकाको भौराटारस्थितसेमी आइसोलेशनबाट ३१ जना, होटल कुमु प्यालेस (पर्सागढी) सेमी आइसोलेशनबाट ४९ जना, पोखरिया नगपालिकाको होम आइसोलेशनबाट २ जनागरी १ सय ९ जनाले कोरोना जितेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

योसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमणमुक्त भएको सङ्ख्या ८ सय ५६ पुगेको छ । अहिलेपनि विभिन्न आइसोलेशन सेन्टरहरुमा १ हजार ३ सय ६४ जनाको उपचार चलिरहेको जिल्ला प्रशासनको तथ्यांकले देखाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.