logo

दोषी चिकित्सकलाई  हदै सम्मको कारवाही गर्न नेपाल  चिकित्सक संघ नारायणीको माँग

      8/25/2020 गते 00 00 मा प्रकाशित     795   पटक पढिएको

रेम्डेसिभिर औषधीको कालोबजारीमा चिकित्सकको कुनै संलग्नता  पुष्टि भएमा त्यस्त चिकित्कसलाई हदै सम्मको कारवाही गर्नकालागि नेपाल चिकित्सक संघ नाारयणी शाखाले सम्बन्धीत निकायहरुसंग माँग गरेको छ ।

 

संघका अध्यक्ष डा.अरुण कुमार सिंहले एक बिज्ञप्ति जारी गरि यस्तो माँग गर्नु भएको हो ।  उहाँले ठोस अनुसन्धान गरि दोषी पाईएमा त्यस्ता चिकित्सकलाई कारवाही गर्न माँग गर्नु भएको हो । 

कोरोना संक्रमीत बिरामीका  उपचारकालागि  चिकित्सककै सुझावमा यो औषधी प्रयोगमा आएको हो । नेपालमा यसको आयातको बिषयमा समस्या थियो ।

 

यो औषधी नेपालको औषधी ब्यवस्था बिभागमा दर्ता थिएन । दर्ता नभएका कारण बैधानिक आयात नहुता यो औषधी अनधिकृत बाटो भएर नेपाल आउथ्यो । तस्करीको माध्यमले आउने भएकोले पनि यो निकै महंगोमा बिक्री बितरण भइरहेको थियो ।

 

नेपाल चिकित्सक संघका केन्द्रीय सचिव डा. निरज सिंहले आज भन्दा १९ दिन अगाडि आफनो सामाजिक संजालमा यो औषधीको दर्ता गर्न माँग गर्दै तुरुन्त आयातको ब्यवस्था मिलाउन माँग गर्नु भएको थियो । 

 


कोरोना  भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको तयारी प्रति असन्तोष ब्यक्त गर्दै सिंहले लेद्यनु भएको थियो “कोरोना माहामारी भित्रीएको झन्डै ५ महिना बितिसक्दा पनि, यस रोग को उपचार मा सबै भन्दा प्रभाबकारी ५ हजार पर्ने   औषधी  रेम्डेसिभिर तस्करसंग ४० देखी ५० हजार रुपैयामा किन्नु पर्ने गैरकानूनी काम गर्न बाध्य नबनाईदिनुस । 


डा. सिंहले लेख्नु भएको थियो ओषधी ब्यवस्था बिभागमा दर्ता गरेर आयात गर्ने हो भने  ८ हजार रुपैया सम्ममा बिरामीले किन्ने अवस्था बन्छ र आर्थिक भार पनि कम हुन्छ । डा. सिंहले उठाएको आवाज यतिवेला सरकारले सुनेर यो औषधी अव बैधानीक बाटो भएर आइरहेको छ । 


नेपाल चिकित्सक संघ नारायणीले भने बिभिन्न् संचार माध्यममा यो औाषधीको कालोबजारीमा चिकित्सकहरुको समेत नाम जोडिएर आएको पाइएपछि आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

संघले आफना आजीवन सदस्यहरुलाई कालो बजारीमा संलग्न रहेको भन्दै प्रकाशमा आएका समाचारका कारण आफूहरु आहत भएको उल्लेख गरेको छ । ज्यानको जोखिम लगाएर उपचार सेवामा संलग्न चिकित्सक स्वासथ्यकर्मीलाई यतिवेला हौसलाको खाँचो रहेको छ । समाचारको सत्यतालाई सम्मान गर्ने भन्दै संघले त्यस्तै समाचार प्रकाशनको आग्रह समेत गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.