logo

पर्सामा ३२ जना संक्रमीत थपिए, संक्रमीतको संख्या २ हजारको नजिक पुग्यो

      8/25/2020 गते 00 00 मा प्रकाशित     719   पटक पढिएको


बीरगंज ९ भदौ २०७७पर्सामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  । वीरगञ्ज महानगरपालिका, जगरनाथपुर गाउँपालिका र कालिकामाई गाउँपालिकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 

पिसिआर प्रविधिबाट नारायणी अस्पतालको ल्याबमा जाँच गर्दा मंगलबार दिउँसो १ बजे सम्म ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

 वीरगञ्ज महानगरका १४ जना, कालिकामाईका १२ जना र जगरनाथपूरका ६ जना गरी थप ३२ जनामा कोरोनाभाइरस को सङ्क्रमण देखिएको हो । थपिएका सङ्क्रमितमा १० महिला रहेका छन् ।

 

पर्सामा अहिले सम्म संक्रमीतको संख्या १ हजार ९ सय ८८ पुगेको छ । जस मध्य ३ सय ७८ जना निको भएर घर फर्किएका छन । र मृतकको संख्या ३१ पुगेको छ ।

 

उता रौतहटमा मंगलवार १९ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको गढीमाई नगरपालिकामा ६, मौलापुर र गौरमा ५–५ जना, चन्द्रपुरमा २ र गुजरा नगरपालिकाका १ जनामा आज संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.