logo

बारा पर्सामा गरि थप १ सय ३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/18/2020 गते 00 00 मा प्रकाशित     864   पटक पढिएको

त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६६ र काठमाडौंस्थित टेकु प्रयोगशालामा गरिएको परिक्षणमा ६८ गरी बारा र पर्साका थप १३४ जना संक्रमित भएका छन् । संक्रमीत मध्य बारका १० जना रहेका छन । 

 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो । सोहि स्वाबहरुको रिपोर्ट आउँदा ६८ जना सङ्क्रमित थपिएका हुन् ।

 

बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणको पछिल्लो रिपोर्ट अनुसार पर्साको बहुदरमाई नगरपालिकामा सबैभन्दा बढी २५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमूना संकलन गरेर परिक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको बहुदरमाई नगरपालिका कार्यालयले जनाएको छ । बीरगंजमा पत्रकार चिकित्सक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव  उपरिक्षक मनजीत कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा पर्सामा कार्यरत ५ जना र वडा प्रहरी कार्यालय बिर्ताका २ जना गरि प्रहरी कर्मचारी संक्रमीत भएका छन । 
 नारायणी अस्पतालका एक जना चिकित्सक, एक जना ओपिडीका कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

बारा जिल्लामा भेटिएका सङ्क्रमित मध्ये ५ जना प्रसौनी गाउँपालिकाका रहेका छन् भने, पिलुवाका २ जना, सिम्रौनगढ नगरपालिकाका एक जना र कलैया उपमहानगरपालिकाका एक जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा सोमबार राती गरिएको परिक्षणमा ८ वर्षकी बालिकादेखि ७९ वर्षीय वृद्धमा समेत सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा १७ जना महिलापनि रहेका छन् । मंगलबार थपिएका मध्ये २ जनाको नारायणी अस्पतालस्थित आइसीयुमा उपचार चलिरहेको अस्पतालले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.