logo

मृगौलाको  डायलासिस गराईरहेका चार बिरामी कोरोना जित्न सफल ,दीर्घरोगमाी कोरोना जित्ने आँट बढ्यो

      8/17/2020 गते 00 00 मा प्रकाशित     992   पटक पढिएको

 

मृगौला फेल (इन्ड स्टेज रिनल डिजीज ) भई हेमोडायलासिस गराइ रहेका ४ जना रोगी कोरोना  भाइरसको संक्रमणलाई परास्त गर्दै अस्पतालको आइसीयुबाट घर फर्किएका छन ।

 

उनीहरुले कोरोनालाई परास्त गरेको घटनाले मध्य तराईमा बिभिन्नखाले दीर्घ रोगका समस्या रहेकाहरुमा पनि कोरोना जित्ने आँट बढेको छ ।

बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका निवासि, ३० वर्षिया  सपना श्रेष्ठ, बारा जिल्ला,निजगढनगरपालिकाका  ५६ बर्षिय नर बाहादुर बि .क. पर्सा जिल्ला पोखिरीयाका ६५ वर्षिया कोशीला देबी र बीरगंज महानगरपालिका वडा नं १० घरिअर्वा निवासी ३५ वर्षिया तारा शर्मा कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किनु भएको होे ।

 

उहाँहरुको उपचारको बिशेष खाले चिन्ता थियो नारायणी अस्पतालका डायालासिस इन्चार्ज डा.निरज सिंहले भन्नु भयो “हाई रिस्क ग्रूपमा पाइएको सफलताले स्वास्थ्यकर्मीहरूको मनोवल  पनि उच्च भएको छ ” ।

 


बि.क र श्रेष्ठ आज बीरगंज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । कोशीला र तारा भने हिजो डिस्चार्ज हुनु भएको हो ।

 

  झन्डै १४ दिन को आस्पताल बसाईपछि गरिएको परिक्षणमा उहाँहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । मृगौला फेल भएका कोरोना भाइरसको संक्रमणमा परेका बिरामीलाई १४ दिनको उहाँहरुको अस्पताल बसाईमा ३ घण्टाको डायलासिसको सेशन ४ पटक गरिएको डा. सिंहले बताउनु भयो ।

 


उहाँहरु त संक्रमीत नै हुनु भयो हाम्रो पनि ज्यान जोखिममा थियो डा.सिहंले भन्नु भयो दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ यस्तोमा उहाँहरुलाई घर फर्काउन सकिएकोमा सन्तोष समेत मिलेको छ ¨ ।

 


डा. सिंहको नेतृत्वमा अनिल कुमार झा र बीरगंज हेल्थ केयर अस्पतालका अनिल बरईले डायलासिसको चुनौतीपूर्ण कामलाई सफलतापूर्वक फत्ते गर्नु भएको थियो ।

बीरगंज घरिअर्वाकी तारा शर्माको मृगौलाको डायलासिस बीरगंज हेल्थ केयर अस्पतालमै हुन्थ्यो । अस्पतालमा कोभिड १९ का संक्रमीतको उपचार हुने भएपछि उहाँलाई डायलासिसकालागि अन्य अस्पताल जानु पर्ने भयो ।

 

यही क्रममा उहाँ नारायणी बयोधा अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पुग्नु भयो । दुबै अस्पतालले स्वाबको पीसीआर परिषक्षणको रिपोर्ट भएपछि मात्र डायालासिस गर्ने भन्दै फर्काइदिए । २० गते उहाँले ५ हजार ५ सय रुपैया तिरेर नारायणी अस्पतालमा पुगेर पिसीआर परिक्षणकालागि स्वाब दिनु भयो ।

 

२२ गते रिपोर्ट लिन उहाँका पति अस्पताल के पुग्नु भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट फोन गयो र कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइयो । शर्माले भन्नु भयो “ म मा कुनै लक्षण थिएन डायलासिस पनि गर्नु पर्ने भएकोले प्रहरीको सल्लाह अनुसार बीरगंज हेल्थ केयर भर्ना भए ।

 

भर्ना अवधीमा तीन पटक डायलासीस भएको  उहाँले बताउनु भयो ।  दीर्गरोगीमा कोरोना जित्ने क्षमता हुदैन भन्ने कुराले आफूमा कुनै पनि घर गर्न नपाएको शर्मा बताउनु हुन्छ ।

 


मृगौला फेल भएर डायलासीसको सेवा लिइरहेका बिरामीहरुले कोरोनालाई जितेर घर फर्किएको यो घटनाले मध्य तराईमा निकै नै सकारात्मक सन्देश प्रवाह गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.