logo

कोरोनामुक्त भएर घर  फर्किएका एक जनाको चार घण्टा पछि ज्यान गयो

      8/16/2020 गते 00 00 मा प्रकाशित     892   पटक पढिएको

कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको केही घण्टा पछि वीरगन्जमा एकजनाको शंकास्पद मृत्यु भएको छ ।

 

वीरगन्ज हेल्थ केयरमा बनाइएको नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट गएराति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको गएराति मृत्यु भएको हो ।

 

उहाँको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडा पखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई उपचारको लागि अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए ।

 

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले उहाँलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले उनलाई वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज भ।एपछि नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए ।

 

उपचारकै क्रममा गएराति साढे ११ बजे उहाँको  मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले जनाएका छन् । प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमै शंका उत्पन्न भएको छ ।

 

मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् । मृतकको शव नारायणी बयोधा अस्पतालमै राखिएको छ । उहाँको  एक छोरामा पनि कोरोना संक्रमण देखिएपछि अहिले उनी होटल रानीपोखरीमा बनाईएको सामुदायिक आईशोलेसनमा उपचाररत छन् ।

 

उहाँको  श्रीमती र अर्को छोराका पनि स्वाब परीक्षणका लागि लिईएकोले घरमै क्वारेन्टिनमा रहेकोले अस्पतालमा जान पाएका छैनन् । साउन १७ गते स्वाब दिएका उनको नारायणी अस्तालको प्रयोगशाला गरिएको परीक्षणमा साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.