logo

कोरोना भाइरसका कारण सर्लाही र धनुषामा गरि दूईको ज्यान गयो , प्रदेश २ मा ४७ ,सबैभन्दा बढी पर्सामा १९ को मृत्यु

      8/14/2020 गते 00 00 मा प्रकाशित     734   पटक पढिएको

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।


श्वास प्रश्वासमा समस्या देखिएपछि उहाँले प्रादेशीक अस्पतालमा उपचारकालागि भर्ना गरिएको सामाजिक बिकास मंत्रालयले जनाएको छ । 


प्रादेशीक अस्पतालमा उहाँको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अस्पतालले थ िउपचारकालागि काठमाण्डौ रेफर गरेको थियो उहाँको काठमाण्डौ जानेक्रममा बाटोमा मृत्यु भएको मंत्रालयका बरिष्ठ प्रशासक बिजय झाले जानकारी दिनु भयो । उहाँको शुक्रवार दिउसो ३ बजे मृत्यु भएको हो । 

 

सर्लाहीमा पनि एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।योसँगै प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । साथै प्रदेशको आठ वटै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

सबैभन्दा बढी पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरी, रौतहट र सिराहामा २र२ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.