logo

उपचारको क्रममा नाारयणी अस्पतालमा बाराका दुईको मृत्यु,मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि

      8/13/2020 गते 00 00 मा प्रकाशित     694   पटक पढिएको

उपचारको क्रममा मृत्यु भएका दुईजनामा मृत्यु पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाराका दुईजनको मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

 


बाराको प्रसौनी गाउपालिकाका ६५ वर्षि पुरुषमा श्वास प्रश्वासमा समस्या देखिएपछि बिहिवार बिहान बीरगंजको नारायणी अस्पतालमा लगिएको थियो ।

 

तत्कालीन गाविसको अध्यक्ष समेत रहनु भएका उहाँ दमको बिरामी पनि हुनुहुन्थ्यो । चार दिन अधिदेखी ज्वरो र रुघाखोकी थियो । अचानक श्वास प्रश्वासमा समस्या आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । 

 


त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या थियो  । चार दिन देखी ज्वरो र खोकीको समस्या देखिएको थियो ।

 

बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लगियो । नेशनलले आईसीयू खाली नभएको भन्दै बुधबार मध्यान्ह नारायणी अस्पतलमा रिफर गरेको थियो । उहाँमा निमोनिया समेत रहेको उपचारमा संलग्न डा.उदय नारायण सिंहले जानकारी दिनु भयो ।

 

नारायणी अस्पतालको आईसीयुमा राखेर उपचार  हुदा अवस्था बिग्रिएपछि  भेन्टिलेटरमा राखेर उपचार गरिरहेका बेला बिहीबार बिहान ९ बजे उहाँको मृत्यु भएको डा.सिंहले बताउनु भयो । 

 


दुबै जनाको मृत्यु पछि नाारायण िअस्पतालमा रहेको  प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उहाँहरुमा  कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.